कैलाली:
यो वर्ष प्लास्टिकको माला बिक्रीमा प्रतिबन्ध लागेपछि धनगढीमा प्राकृतिक फूलको बिक्री बढेको छ। धनगढी उपमहानगरपालिकाले प्लास्टिक र आयातित फूल बिक्रीमा प्रतिबन्ध लगाएपछि धनगढीमा उत्पादन भएको फूलले सहज बजार पाएको छ ।
प्लास्टिकको माला र आयातित फूल बिक्रीमा रोक लागेपछि धनगढीका किसानले उत्पादन गरेको सयपत्री फूलको बिक्री वितरण बढी भइरहेको छ। आफूले उत्पादन गरेको फूल बजारमा बिक्री गर्न पाउँदा किसानहरू हर्षित भएका हुन्
धनगढी उपमहानगरपालिकाले यो वर्ष २६ जना किसानलाई जेठमै तालिम दिएर फूल उत्पादन गर्न लगाएको थियो। बजारको सुनिश्चितता र फूल उत्पादन गर्ने तालिम पाएका किसानहरूले यो वर्ष धनगढीलाई पुग्ने हिसाबले फूलको उत्पादन गरेका हुन्।
Discussion about this post