बेलडाँडीकी महिला नेत्री जोशीको पहलाम प्रत्येक सनिवार बृक्षारोपण

बेलडाँडी,
बेलडाँडीकी महिला नेत्री राधिका देवी जोशीको पहलमा प्रत्येक सनिवार बृक्षारोपणमा जोड दिदै आएका छन् । अन्य समाजिक कार्य संगसंगै उनले बर्षातको मौसमा आफ्ना वडा भित्रका मन्दिर, विद्यालय जस्ता सार्वजनिक स्थलमा बृक्षारोपण गर्दै आएकी छिन् ।

बेलडाँडी गाउँपालिका वडा नं.२ नवजागरण टोल बस्दै आएकी जोशीले पछिल्लो समयमा बृक्षारोपण र युवाहरुलाई कुलत मुक्त बनाउने अभियानमा सकृय भएर लागेको देखिन्छ । नेपाली कांग्रेस निकट विभिन्न पदमा बसिसकेकी उनी टोल, समुदाय, समाज हदै पालिकालाई नयाँ सकरात्मक सोचका साथ अगाडी बढाउने अभियानमा लागेकी उनलाई घरपरिवारका साथै उनकै जेठा छोरा गोकण जोशी (निश्चल) ले सघाइराखेका हुन्छन् ।


लागुऔषध कुलत जस्ता जघन्य अपराधका कारण समाजमा देखिन थालेको विकृतिलाई कसरी कम गर्न सकिन्छ भनेर उनी निरन्त्रत समाजिक कार्यमा लागि परेका छन् । उनी भन्छन् अहिले बर्षातको समयमा बृक्षारोपण गर्दा राम्रो हुने भएकाले प्रत्येक सनिवार बृक्षारोपण गोडनेलमा जोड दिएका छौं, मलाई काम गर्दा यहाँका युवाहरुले निकै साथ दिइराखेका छन् । युवाहरुको साथले आफुलाई झन काम गर्ने उर्जा थपिदिएको उनले बताए । हामीहरुले यहाँका बच्चाहरु पढाइमा लगनशिल बनुन भनेर पटक पटक शैक्षिक सामग्री, खेल सामग्री बेलाबेलामा बितरण गर्ने गरे संगै केहि सुधार हुन थालेको उनी बताउछिन् ।


सिद्धनाथ मन्दिर समितिकी अध्यक्ष समेत रहेकी उनले हिजो सनिवारका दिन मन्दिरको प्राङ्गणमा पुष्पबाटिका स्थापना समेत गरेको जनाए । आफुहरुको चाहना भनेको राम्रो कार्यबाट सबैले राम्रो प्रेणा पाउन भन्ने नै हो । बेलडाँडीमा लामो समय देखि आफु निरन्तर समाजिक कार्य गर्दै आएको बताउदै उनले भनिन् यहाँका जनप्रतिनिधी नआउनु भन्दा पहलिा, बेलडाँडी विपद ब्यवस्थापन समिति, मानवबेचविखन तथा रोकथाम समिति, मानव अधिकार तथा महिला अधिकारकर्मी, टोल सुधार समिति, प्यारालिगल जस्ता थुप्रै समितिमा बसेर दुई दशक भन्दा बढी समय देखि काम गर्दै आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित