महेन्द्रनगरमा ब्लू स्टार डान्सबार संचालनमा

कञ्चनपुर, मंसिर २३ । कञ्चनपुरको महेन्दनगरमा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको छ ।

 

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर गल्ली नम्बर ४मा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको हो ।

कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार नयाँ व्यवस्थापनका साथ पुन संचालनमा आएको छ । यस अघि ०७६सालमा आएको कोरोना महामारीले गल्ली नम्बर ३मा रहेका डान्सबार बन्द भएको थियो ।

कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार शनिबानरदेखि औपचारिक रुपमा संचालनमा आएको जनाएको छ ।

ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबारका संचालक सागर बुढाऐरले कोरोना महामारीका कारण बन्द भएको डान्सबार स्तरिय सेवाका साथ पुन संचालनमा आएको बताए ।

‘उतिबेला कोरोना महामारीले व्यवसाय नै चौपट भयो, ‘उनले भने, ‘अहिले फेरी नयाँ व्यवस्थापनका लागि संचालन गरिरहेका छौँ ।’ व्यवसाय बृद्धि, विकास, रोजगारी एव पर्यटन प्रर्बद्धनका लागि डान्सबार संचालनमा ल्याएको संचालक बुढाऐरले बताए ।

‘यो एक नितान्त व्यवसाय हो, ‘उनले भने, ‘दिनभरी कामको थकान लागेर थकान मेटाउने थलो पनि हो ।’ उनले विदेशमा जानु भन्दा स्वदेशमै रोजगारी गरेर केही युवालाई रोजगारीदिनुको साथै कञ्चनपुरको पर्यटन विकासतर्फ केन्द्रीत गराईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित