सशस्त्र प्रहरीको एक्सनले तस्करको रुवाबासी

कञ्चनपुर, मंसिर २७ । विगतका बर्षहरुमा सीमा क्षेत्रमा तैनाथ रहेका सशस्त्र प्रहरीलाई झुक्याएर वा घुस खुवाएर अवैध गतिबिधी गर्दै आएका केही तस्कर समुहलाई अहिले सशस्त्र प्रहरीले तह लगाईएरहेको छ ।

सशस्त्र प्रहरीका एसपी प्रेम बहादुर रावलले गत बर्षदेखि जिल्ला सम्हालेपछि तस्करमाथि डण्डा बजार्दै गैर कानुनी चोरी तस्करी नियन्त्रण गर्दै आएका छन ।

सशस्त्र प्रहरीले दैनिक चोरी तस्करी नियन्त्रण गर्दै आएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरी मातहत रहेका विभिन्न गण तथा प्रस्तावित गुल्महरुले गैर कानुनी चोरी तस्करी नियन्त्रण गर्दै आएको छ ।

सदस्त्र प्रहरी ३५ नक्बर गणका अनुसार दोधाराचाँदनीको कञ्चनभोजबाट भारतीय मोटरसाईकल सहित लाखौँका समान बरामद गरेको छ । शुक्लाफाँटा नगरपालिका १गणेशपुर क्षेत्रबाट २लाख, ५४ हजार ४सय रुपैया बराबरको अवैध समान बरामद गरेको छ । बरामद गरिएको अवैध समान सशस्त्र प्रहरीले भन्सारमा बुझाएको छ ।

पछिल्लो एक बर्षमा सशस्त्र प्रहरीले तस्करीलाई तह लगाउँन थालेपछि तस्कर समुहको भागाभाग मात्रै नभई रुवाबासी चलिरहेको छ ।

सीमावर्ती क्षेत्रका जनताले समेत तस्करी नियन्त्रणमा अहिले सशस्त्र प्रहरीले खेलेको भूमिका निर्वाह गरेको भन्दै आभार प्रकट गरेका छन । स्थानीयले तस्कर समुहसंग मिलोमतो नभई यसरी नै डण्डा बजाएर तह लगाउनुपर्नेमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित