कञ्चनपुर, १३ पुष । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आईतबारदेखि ‘प्याब्सन महोत्सव’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरको आयोजनामा १५ पौषदेखि ‘प्याब्सन महोत्सव’ हुने भएको हो ।
कोराना महामारीका कारण विगत तीन बर्षदेखि रोकिएको ‘प्याब्सन महोत्सव’ चौथो बर्ष हुन लागेको छ । विगत ०७७ देखि ०७९ सम्म नियमित संचालन हुन नसकेको महोत्सव ०८०मा हुन लागेको प्याब्सन कञ्चनपुरले जनाएको छ ।
प्याब्सन महोत्सव मुल आयोजक समितिका संयोजक माधव प्रशाद भट्टले १२औँ प्याब्सन महोत्सव संचालन गर्न लागेको बताए । उनका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । प्याब्सन कञ्चनपुरमा आबद्ध रहेका १०८ विद्यालय मध्ये ६० प्रतिशत भन्दा बढि विद्यालय सहभागि हुने उनले बताए । हालसम्म ५०विद्यालय सहभागि भएको उनले बताए ।
‘कक्षा १देखि ८ आधारभूत तहमा विभिन्न १२ ईभेन्ट र ९ देखि १२ सम्म १६ ईभेन्टमा प्रतियोगिता गराईनेछ, ‘उनले भने, ‘तह अनुरुप फरक फरक खेलकुद खेलाईनेछ ।’
खेल विद्या अनुरुप उप समिति समेत गठन गरिएका छन ।
टेयाईभेन्ट उप समिति संयोजकमा कुसाल सिह साउद, फिल्ड तर्फ गौरीदत्त भट्ट, कबडी तर्फ गोपाल बोहरा, भलिबल तर्फ देवराज जोशी, ब्याडमिन्टन तर्फ अक्कल बोहरा, साँस्कृतिक र मञ्च व्यवस्थापन तर्फ केशवराज जोशी, सचिवालय तर्फ नागेन्द्र प्रशाद कलौनी, अनुशासन तथा विवाद व्यवस्थापन तर्फ हिरा चन्द रहेका छन ।
‘प्याब्सनका जिम्मेबारी पदाधिकारी एव सदस्यहरुलाई हामीले विभिन्न समिति, उप समितिमा जिम्मेबारी दिईसकेका छौँ, ‘उनले भने, ‘सबै साथीहरु महोत्सव सफल पार्नका लागि खटिएका छन ।’ उद्घाटनको पहिलो दिन सहभागि सबै विद्यालयहरुले नेपाली राष्ट्रिय झण्डा सहित यूनिफर्ममा आएर मार्चपास सहित कार्यक्रम सभामा परिणत हुने बताए । प्याब्सन कञ्चनपुरको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा उद्घाटन गराईनेछ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल कञ्चनपुरका अध्यक्ष अमराज भट्टले विद्यार्थीको नियमित अध्ययनका साथसाथै खेलकुदका माध्यमबाट ज्ञानसिप अभिबृद्धि गर्ने गराउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । अध्यक्ष भट्टले खेल प्रतियोगितामा तह अनुरुप पहिलो, दोस्रो तेस्रो हुने टिमलाई सिल्ड, मेडल पुरस्कारको व्यवस्था गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरका सचिव राकेश चन्दले प्रतियोगिताबाट विद्यार्थीमा भएको अन्तर क्षमता प्रस्फुटन हुने थप शिक्षामा अभिबृद्धि गरिने बताए । महोत्सव संचालनका लागि झण्डै ५ लाख बढि खर्च हुने अनुमान गरिएको छ । १८ पुषसम्म संचालन हुने महोत्सवमा झण्डै ५हजार बढि विद्यार्थी, अभिभावक सहभागि हुनेछन ।
Discussion about this post