प्रकास भट्ट/कञ्चनपुर, १७ पुष। यतिबेला कञ्चनपुरको कबर्डहलमा विद्यार्थीको चहलपहल बढिरहेको छ । अरुबेला समान्यतया निश्चित प्रतियोगिता हुने कबर्डहलमा अहिले विद्यार्थीको चहलपहल बढिरहेको छ ।
आइतबारदेखि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरको आयोजनामा भईरहेको १२औँ ‘प्याब्सन महोत्सव’मा विद्यार्थीको चहलपहल बढिरहेको हो ।
तीन बर्षपछि प्याब्सन महोत्सवमा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रर्दशन गरिरहेका छन । उद्घाटनकै दिन उत्साह एव आ–आफ्नो विद्यालयको युनिफम नेपाली झण्डा, विद्यालयको झण्डा सहित बजारमा दमदार प्रभातफेरी मार्चपास गरेका विद्यार्थी अहिले विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन ।
कोराना महामारीका कारण विगत तीन बर्षदेखि लगातार हुन नसकेको ‘प्याब्सन महोत्सव’ चौथो बर्ष हुन थालेपछि विद्यार्थी समेत उत्साहित भएका हुन ।
कबर्डहलमा प्याब्सन महोत्सव उत्साहपुर्ण भईरहेको आयोजकले जनाएको छ । प्याब्सन महोत्सव मुल आयोजक समितिका संयोजक महादेव प्रशाद भट्टले उद्घाटनपछि महोत्सवमा विभिन्न प्रतियोगिता जारी रहेको बताए । ‘महोत्सव उत्साहपूर्ण रुपमा संचालन भईरहेको छ, ‘संयोजक भट्टले भने, ‘विद्यार्थीहरु लामो समयपछि आफुमा भएको प्रतिभा प्रफुटन गरिरहेका छन, विद्यार्थीविच स्वच्छ प्रतिस्पर्धाको भावना विस्तार भएको छ ।’
ट्याकहिटका प्रतियोगिता समापन भएको बताउँदै सयोजक भट्टले कबर्ड सेमिफाईलनमा प्रवेस गरेको छ । छात्रा तर्फ भलिबल, टेबुलटेसिन सकिएको छ । बाँकी प्रतियोगिता निरन्तर जारी छन । ‘कक्षा १ देखि ८ आधारभूत तहमा विभिन्न १३ ईभेन्ट र ९ देखि १२ सम्म १६ ईभेन्टमा प्रतिस्पर्धा भईरहेको छ, ‘उनले भने, ‘तह अनुरुप फरक फरक खेलकुद भईरहेका छन ।’
एथलेटिक तर्फ दौड, हाईजम्प, त्रिपबलजम्म, सर्टफुट, लम्बजम्प, भलिभल, ब्याडमिन्टन, टेबुलटेनिस कर्बडी सहितका प्रतियोगिता भईरहेका छन । मंगलबार सम्ममा झण्डै ७०प्रतिशत प्रतियोगिता सम्पन्न भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल कञ्चनपुरका अध्यक्ष अमराज भट्टले जिल्लाभरीका विद्यार्थीविच भईरहेको स्वच्छ प्रतिस्पर्धाले विद्यार्थीमा उत्साह, जोर जाँगर देखिएको बताए । उनका अनुसार विद्यार्थी, शिक्षक र अभिभावक समेतले महोत्सवमा महत्वका साथ आ–आफ्नो क्षेत्रमा अवलोकन गरिरहेका छन ।
विद्यार्थीको नियमित अध्ययनका साथसाथै खेलकुदका माध्यमबाट ज्ञानसिप अभिबृद्धि गर्ने गराउने उदेश्यले महोत्सव आयोजना गरिएको बताए ।
अध्यक्ष भट्टले खेल प्रतियोगितामा तह अनुरुप पहिलो, दोस्रो तेस्रो हुने टिमलाई सिल्ड, मेडल पुरस्कारको व्यवस्था गरिएको छ । १८ पुषसम्म संचालन हुने महोत्सवमा झण्डै १० हजार बढि विद्यार्थी, अभिभावक सहभागि हुनेछन । महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले समेत चर्चा गरेका थिए ।
मन्त्री सायदले निजी विद्यालयले शैक्षिक स्तरबृद्धिका लागि निकै मेहनत गरेको भन्दै प्रसंसा गर्दै सरकारको लगानीबिना पनि निजी विद्यालयले गरिरएको शैक्षिक कामकाज प्रभावकारी भएको बताएका थिए ।
Discussion about this post