माधब पौडेल/पौष १९ । कञ्चनपुरको बेलौरी नगरपालिकमा तीनदिने माघी मेला लाग्ने भएको छ । थारू कल्याणकारीणी सभा बेलौरीको आयोजनामा ३ दिने माघी मेला लाग्ने भएको हो ।
बेलौरीको थारु छात्राबासमा बिहीबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारीणि सभा बेलौरीले “राष्ट्रिय एकतामा विविधतामा हमार सान, थारु भाषा,संस्कृती बचैना हमार अभियान“ भन्ने मुल नारा सहित बेलौरीको खुला मञ्चमा पुस २६,२७ र २८ गतेका दिन माघी मेला लाग्ने भएको छ । पौष २६ गतेका दिन रक्तदान कार्यक्रम सहित उदघाटन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा.लि. र प्रबर्द्धनमा बेलौरी नगरपालिकाको कार्यालय रहने आयोजकले जनाएको छ । थारू समुदायको कला,लोक संस्कृती र भाषा साहित्यको जर्गेना एवं प्रबर्द्धन र संरक्षणमा सहयोग पुर्याउने,थारु समुदायमा रहेका कुरुती हटाइ एकजुट भइ शिक्षित समाज निर्माणमा सहयोग पुर्याउने,थारु झाकी कला संस्कृतिहरुको समेत प्रदर्शन लगायतको उदेश्यका साथ मेला लाग्ने भएको छ ।
मेला अवधीमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति माघी ,झुम्रा मुग्रुह्ववा ,हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति थारु समुदायको रहनसहन संस्कृती र भेषभुषा प्रदर्शन,थारु लेखन प्रस्तुति, थारु परिकारको मेलामा ५० हजार दर्शकहरुको कार्यक्रममा सहभागी हुने अनुमान गरिएको थारु कल्याणकारीणि सभा बेलौरीका अध्यक्ष खडक चौधरीले जानकारी दिनुभयो । मेला अवलोकनका लागि कुनै टिकट बापतको शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।
Discussion about this post