बेलौरी नगरपालिकाद्धारा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सम्मानित

बेलौरी/ २३ पुस । बेलौरी नगरपालिकाले आफ्नो १२ औं नगरसभा (हिउँदे अधिवेशन)बाट राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार काठमाडौंलाई समम्मान गरेको छ ।

 

पालिकाले विपद् जोखिम व्यवस्थापनमा प्रयोग हुने खोज तथा उद्धार सामग्री उपलब्ध गराएकोमा आफ्नो १२औं नगरसभामा प्राधिकरणलाई धन्यवादसहित सम्मान–पत्र प्रदान गरेको हो । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आर्थिक बर्ष ०८०/८१ मा विपद जोखिमका बेला प्रयोग हुने सामग्री सहयोग गरेको स्थानीय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेयले जानकारी गराउनु भयो ।

 

उहाका अनुसार पालिका प्रमुख पोतिलाल चाैधरीको पहलमा झण्डै पाैंने ५ लाख बराबरको समान पालिकामा भित्रिएको बताए ।
सम्मान भएकोमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार काठमाडौंले पालिकालाई धन्यवाद ज्ञापन गरेको छ।

सबै तहका सरकार तथा निकायहरुको समन्वयात्मक प्रयासबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन संभव छ भन्नेमा विश्वास दोहोर्याउँदै प्राधिकरणका तर्फबाट बेलौरी नगरपालिकालाई धन्यवाद दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित