क्रान्तिकारीद्वारा सुप विश्वविद्यालयमा ज्ञापन ः आर्थिक चलखेल गरेर सम्बन्धन वितरण गरिदै

कञ्चनपुर, पुष २९ । अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा ज्ञापन पत्र बु्झाएको छ । आइतबार नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारीले विश्वविद्यालय केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारीले आर्थिक चलखेल गरेर मापदण्ड नपुगेका केही निजी कलेजलाई सम्बन्धन दिनेदेखिका विश्वविद्यालय धरासायी बनाउने चलखेल भईरहेको हुँदा क्रान्तिकारीले समयमै ज्ञापन पत्र बुझाएको बताए ।

सरकारी सेवा सुविधा लिएर निजी कलेज खोल्नेदेखि सरकारी भन्दा निजीमा मेहनत गर्ने समय दिने जस्ता गतिबिधीले सरकारी विश्वविद्यालय दोहन गर्न लागेको भन्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले विश्वविद्यालयमा सम्बन्धन रोक्नेदेखिका दोहोरो प्राध्यापन बन्द गनुर््पर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

क्रान्तिकारीले ध्यान नदिदा विश्वविद्यालयका केही जिम्मेबार व्यक्तिहरु शैक्षिक व्यापारमा केन्द्रीत हुँदा शैक्षिक गुणस्तर खस्किरहेको भन्दै रोक्नका लागि एक्सनमा उत्रिएको बताए । विश्वविद्यालय दोहन गर्न उद्यत भए क्रान्तिकारीले कडा कदम चाल्ने चेतावनी दिएका छन ।

सुप विश्वविद्यालयले सम्बन्धन दिएपनि प्रकृयागत रुपमा दिने र कुनै आर्थिक चलखेल नहुने दावि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित