बेलडाँडीका थापाद्धारा शुक्लाफाँटामा जीप सफारी संचालनमा

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ बस्ने गजेन्द्र थापा (गेबी) ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि जीप सफारी संचालनमा ल्याएका छन् ।

जीप सफारी स्वदेशी तथा विदेशी पर्यटकहरुका माझ बिशेस आकर्षणको रुपमा रहन थालेपछि बेलडाँडीका युवा थापाले समेत जीप सफारी संचालनमा ल्याएका हुन । यस सफारीबाट निकुज्जको बिभिन्न ठाउं तथा फरक बन्यजन्तुको बासस्थानको अवलोकन गर्न सकिन्छ अर्थात निकुज्ज भित्रको ठुलो घाँसे मैदान, जंगली हात्ती,पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगेको ठुलो झुण्ड, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर देखिनुका साथै निकुञ्ज भित्रकै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू समेत शुक्लाफाँटाको मुख्य आक्रसकको रुपमा रहेको पर्यटन गाइड तथा जीप सफारी संचालक थापाले बताउनु भयो ।


जीपमा १० जना सम्म एक पटक जानसकिन्छ । एकपटक १० जना स्वदेशी पर्यटकहरु जादा प्रवेश शुल्क, गाइड र जीप सहित जम्मा १२ हजार देखि १३ हजार सम्म लाग्ने थापाले जानकारी गराउनु भयो । उनले बेलडाँडीको राधापुरबाट समेत सफारी गराउन सकिने जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित