नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप सम्पर्कविहीन

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आइतबारदेखि सम्पर्कविहीन छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर लामिछानेले आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका थिए ।

तर, उनी हालसम्म नेपाल आइपुगेका छैनन् । आइतबारदेखि सन्दीपको क्यानसँग पनि कुनै सम्पर्क भएको छैन् ।  उनी कहाँ छन् ? यसबारे न  प्रहरीलाई पनि केही थाहा छैन् ।  सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेको जनाइएको थियो ।

 उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्याएका थिए ।  नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए ।

तर, ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाण्डु फर्किसकेका थिए । तर किशोरी बस्ने होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा लगेर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा बताएकी छन्। उक्त उजुरीपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले गत बिहीबार नै पक्राउ अनुमति दिइसकेको छ । अदालतसँग पक्राउ पूर्जी लिई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा पक्राउ आदेश पठाएको छ ।

अदालतले पक्राउ गर्न आदेश दिएपछि क्यानले सोही दिन उनलाई क्याप्टेनबाट निलम्बन गर्यो । निलम्बनमा परेपछि सन्दीपले सेन्ट लुसियामा प्रिमियर लिग खेलेनन्। गत शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको बताएका थिए । उनले नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने समेत दावी गरे ।

‘म निर्दोष छु र नेपालको सम्माननीय कानुनमा पूर्ण विश्वस्त छु । मैले सीपीएल नखेल्ने निर्णय लिएको छु र केही दिनमा स्वदेश फर्किन्छु।’, उनले फेसबुकमा लेखेका थिए । आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका छन्।

क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए । उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल आइपुगेका छैनन् । हाल आफ्नो सम्पर्कमा समेत सन्दीप नरहेको क्यानले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित