बेलडाँडीमा स्थानीय सरकार लाचार बन्दा वजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती

180
VIEWS

बेलडाँडी,
पछिल्लो समयमा बेलडाँडी गाउँपालिका भित्रका स्थानीय वजारहरुमा भारतकाबाट गुणस्तरहीन अखाद्य बस्तु छयापछयाप्ती भित्रिदा समेत स्थानीय सरकार लाचार बनेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असरपार्ने खालका खाद्यान्य तस्करहरु मार्फत नेपाल भित्रिएर धमाधम खुल्याम बिक्री हुदा समेत अनुगमनको जिम्मा पाएको स्थानीय सरकार मुखदर्शक भएको छ । खुल्ला नाकाबाट दैनिक नेपालमा प्रतिवन्धित कुन्टलौ मरेका माछा भित्रिने र खुल्याम बिक्रीवितरण भइरहेका छन् । उक्त मरेका माछा नसडोस् भनेर शवमा प्रयोग हुने फर्मालिन माछामा प्रयोग हुने गरेको छ ।


चिकित्सकहरुका अनुसार फर्मालिनमा राखिएको माछा खाएपछि त्यो कलेजोमा गएर बस्छ र पछि गएर लिभर क्यान्सर गराउँछ । फर्मालिन प्रयोग गरेको माछा खाँदा मिर्गौला खराब हुनुका साथै जन्डिससमेत गराउँछ,’ ‘फर्मालिन प्रयोग गरेको माछा खाँदा किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ, यसले जिनेटिक शक्तिलाई समेत नष्ट गराउँछ ।’ माछामा फर्मालिनकोे मात्रा धेरै भएमा यसले तत्काल मान्छेको ज्यानै पनि लिनसक्ने उनले बताए ।

 

अप्राकृतिक ढंगले उत्पादन गरिएको बोईलर कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउँन सक्छ । व्यावसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझै असर गर्छ ।


यस्तै नास्ता पाउने होटेलहरुमा समेत रंगिबिरंगी जिलेबी, चिकेन ललिपप, फ्राईराइस जस्ता गुणस्तरहीन तेलमा पाक्ने गरेका छन् । बजारको दरभाउ समेत मनमर्जी छ । एउटै सामानको दर फरक-फरक पसलमा फरक-फरक दर रहेको छ । मासुपसलेहरु पनि अव्यवस्थित छन् उनीको दर पनि फरक फरक छ ।


स्थानीय बजारको नियमित अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । हरेक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको हुन्छ । तर त्यस्ता समितिहरुले बजार अनुगमनमा चासो दिएका छैनन् ।

बेलडाँडी गाउँपालिकाकी उपप्रमुख शान्ती नाथले भने केहिदिन भित्रै अनुगमन हुन्छ । ‘हामीले एक÷दुई दिन भित्रै बजार अनुगमन गर्ने विषमा छलफल भइरहेको जनाए ।ं, उनले भनिन्, खुल्ला सिमाका कारण यहाँ गुणस्तर हिन वस्तु, माछा, बोइलर कुखुरा, तेल, चिनी जस्ता गुणस्तरहिन बस्तु भित्रिने खवर पाएको जनाउदै केहिदिन भित्रै यस्ता गुणस्तर हिन सबैकुरा बन्देज गर्ने जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार