बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.३ खैरीघाटको डाडी टोलमा चितुवाले कुकुर खाइरहेको देखा परेको छ । आज साझ करिब ५ बजे तिर डाडी भन्ने ठाउँमा चितुवाले कुकुर खाइरहेको अवस्थामा देखा परेको स्थानीयले बताएका छन् ।
खैरीघाटका स्थानीय लोकेन्द्र रेग्मीका अनुसार कुकुरलाई चितुवाले खाइरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाको भीड लागेपछि चितुवा नजिकैको उखु बारीमा पसेको बताए । चितुवा नियन्त्रणका लागि स्थानीयले प्रहरीलाई खवर गरेपछि प्रहरी र सेनाको टोलीद्धारा चितुवा भगाउने प्रयास गरिएको थियो ।
यस्तै दिनदहाडै चितुवा गाउँमा पसेकाले स्थानीयहरु त्रसित बनेका छन् । चितुवालाई तुरुन्त जंगल तिर लखेट्न स्थानीयले माग समेत गरेका छन् । अधिकांस उखु खेती गरिने हुदा चितुवालाई उखुमा बस्न सजिलो भएको छ । उखु रहुन्जेल सम्म चितुवा गाउँमै बस्नेगरेको उनीहरु बताउछन् ।
पछिल्लो समयमा बेलडाँडी, झिलमिला, बैवाह क्षेत्रमा चितुवाले दैनिक जसो बाख्रा पशुचौपाया खादै आएको छ ।
भिडियो सहित
Discussion about this post