बेलडाँडीमा जग्गा नाप नक्साको काम शुरू, जग्गाको मालिक बन्ने भएपछि स्थानीय हर्षित

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा भुमीहीन दलित, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम शुरू भएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले बेलडाँडी वडा न २ को कुम्भराज गिरीको जमिनबाट नाप जाँचको कार्य उदघाटन गर्दै वडा नं. ,३ र ५ मा समेत नाप नक्साको काम शुरू गरेको जनाए ।

भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन । उदघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको थियो । बर्षाैं पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित