मंसिर चारलाई लक्षित गर्दै कञ्चनपुर क्षेत्र नं.१ मा स्वस्फूर्त युवाहरुले मतदातालाई सचेतिकरण गराउने तयारी

95
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्वस्फूर्त युावहरुले मतदाताहरुलाई सचेतिकरण गराउने तयारी शुरु भएको छ ।

हाल सम्म कञ्चनपुर क्षेत्र नं.१ का कुनै पनि नेताले सांसद भइसकेपछि जनताको पक्षमा खासै उपलब्धी कार्य नगरेको भन्दै दक्षिणी क्षेत्रका युवाहरुले मतदाताहरुलाई सचेत गराउने तयारी गरेका छन् । मतदाताहरुलाई मतको महत्वका बारेमा र कस्तो उम्मेदवार छनौट गर्दा पार्टी भन्दा पनि क्षेत्रलाई फाइदा हुने भन्ने विषयमा स्वस्फूर्त युवाहरुले मतदाताहरुलाई सचेत गराउने कार्यक्रम गर्न लागेको स्वस्फूर्त युवाहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो भन्दा पहिला विना मगरले आफ्नो जीवनमा भोगेको दुःख र चुनावका मुखैमा जीवनसंगी गुमानउनु परेको पीडामा मलम होस् भन्ने उदेश्यका साथ मगरलाई भोट दिएर निर्वाचित गराएको र जनतालाई बाटेका आसवासन पुरा नगरेको निस्कर्ष निकाल्दै अव मतदाताहरुलाई पार्टी भन्दा नि व्याक्ति हेरेर मतदान गर्नुपर्नेमा सचेत गर्न लागेको जनाए ।

यस्तै कांग्रेसमा समेत यस क्षेत्रले नयाँ उम्मेदवार नदिइ सक्ने एकै जनालाई मात्र उम्मेदवार सिफारिस गर्ने सिनले समेत मतदाताहरुमा खिन्नता पलाएको जनाउदै अव नयाँ तरिकाले पार्टी नभनि राम्रो व्याक्तिलाई भोट हाल्नेमा सचेत गराइने जनाए ।

उनीहरुका अनुसार एक स्थानीय तहमा न्युनतम ५० जना भन्दा बढी परिचालन गरिने जनाएका छन् । स्वस्फूर्त तरिकाले पार्टी संग जोडिएका युवाहरुले समेत अभियानमा जनताको पक्षमा हुने गरी लाग्न सकिने जनाएका छन् । लामो समय देखि यस क्षेत्रका जनताले भोग्नु परेको समस्या अव युवाहरुकै पहलमा समाधान गर्न सकिने भन्दै अभियानलाई तीब्र पार्न थालेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार