धादिङमा ट्रकसँग बस ठोक्किदा ३१ जना घाइते

काठमाडौं:

काठमाडौंबाट ‍तीर्थयात्री बोकेर चितवन गएको बस धादिङमा ट्रकसँग ठोक्किएको हो ।आज बिहान साढे १० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका(३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक ठोक्किए दुर्घटना भएको हो।

 

दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी गराएका छन् ।
तीमध्ये मध्यम र गम्भीर घाइते भएका १४ जनालाई काठमाडौं रिफर गरिएको बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका (५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएका छन्।

अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित