भीमदत्त-१८ को वडा कार्यालय भित्र एक युवती मृत फेला, अहिले मुचुल्का गरिदै

355
VIEWS

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्।

 

आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

‘बिहान योगा गर्न जाने मान्छेले शव देखेका रहेछन्। ४ बजे हामीलाई खबर आएको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन्। प्रेम सम्बन्धपछि केही महिना पहिले उनीहरुले बिहे गरेका थिए।

नगर प्रहरीलाई वडा कार्यालयमा ‘क्वाटर’ दिइएको थियो। श्रीमतीसहित उनी वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। घटनाको अहिले मुचुल्का तयार गरिदै छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार