कञ्चनपुर, फागुन १५ । स्वामि विवेकानन्द सस्कृति ज्ञान परीक्षा २०८० मा घटाल मावि सुडाका छात्र समिर बोहरा प्रथम भएका छन ।
हिन्दुस्वयम सेवक संघ कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको स्वामि विवेकानन्द सस्कृति ज्ञान परीक्षा ०८० मा घटाल मावि सुडाका छात्र बोहरा प्रथम भएका हुन । द्वितियमा ज्ञान बाटिका विद्यार्थी योगेश भट्ट द्वितिय र तृतिय महेन्द्रनगर मावि सधारण स्कुलका रविन्द्र रावत भएका छन ।
लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनी कार्यक्रम संयोजक र शिशु विद्या मन्दिरका प्रिन्सिपल राकेश चन्द परीक्षा संयोजक रहेका थिए ।
सस्कृति ज्ञान परीक्षामा एक हजार ५ सय ६७ विद्यार्थी सहभागि मध्ये ६८ विद्यार्थीले सत प्रतिशत अंक ल्याएका थिए, जसमध्ये गोलाप्रथाबाट घटालका छात्र बोहरा प्रथम भएका हुन ।
घटाल माविका शिक्षक नवराज पन्तले सस्कृति ज्ञान परीक्षामा प्रथम भएका विद्यार्थीलाई शिक्षक, अभिभावकले बधाई ज्ञापन गरेको बताए । हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका युवा नेता रदिप पालले प्रथम पुरस्कार नगद २१हजार, द्वितिय १५हजार र तृतिय ११ हजार नगद पुस्कार वितरण गरिएको छ । २२जना विद्यार्थीलाई नगद १हजार र ३७ विद्यार्थीलाई ५सयका दरले पुरस्कार वितरण गरिएको छ ।
घटाल माविकै एक छात्राले यस अघि प्रजातन्त्र दिवसका अवसरमा कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको वक्तृत्वकलामा समेत प्रथम स्थान हासिल गरेकी थिईन । घटाल माविका प्रअ कृष्ण बहादुर भण्डारी, शिक्षक नारायण गिरी सहितका शिक्षकले निकै मेहनत गरेपछि पछिल्ला दिनहरुमा घटालका विद्यार्थीले उत्कृष्ठ स्थान हासिल गर्न लागेको जनाईएको छ ।
Discussion about this post