व्यवसायी ठगुन्नाको सशस्त्रका ईन्सपेक्टर साउदमाथि आरोप ‘मन्थली ६ हजार २ कुखुरी रम नदिदा गाडी समान पक्राउ ग¥यो’

238
VIEWS

कञ्चनपुर, फागुन २९ । डडेल्धुराको परशुराम नगरका एक व्यवसायीले सशस्त्र प्रहरीका अधिकृत माथि संघीन आरोप लगाएका छन । परशुराम नगरपालिका ५ कुयापानीका किराना व्यवसायी अम्मर सिह ठगुन्नाले सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) हर्क साउदमाथि संघीन आरोप लगाएका हुन ।

अनिता खुद्रा पसलका संचालक समेत रहेका व्यवसायी ठगुन्नाले आफुले सशस्त्र प्रहरी बल(बिओपी) परिगाँउका इन्चार्ज हर्क साउदलाई मासिक नगद ६ हजार र २ बोतल खुकुरीरम मदिरा दिदै आएको बताए ।

‘मेले सशस्त्र प्रहरी प्रहरीलाई व्यवसाय गरे बाफत महिनाबारी नगद र रक्सी दिदै आएको थिए, काममा कुनै अवरोध भएन, फागुनमा महिनावारी नदिदा मेरो गाडी र समान नियन्त्रणमा लिएर भन्सार पु¥याईदियो ।’

१६ फागुनमा सशस्त्र प्रहरीका ईन्सपेक्टर हर्क साउदले आफ्नो गाडी नियन्त्रणमा लिएर कुटपिट समेत गरेको बताए । ‘गाडी मेरो पसलमै थियो, उहाँहरुले नै चिनी ल्याएर आएका थिए, गाडीमा राखेर अवैध भन्दै लगिदियो, ‘उनले भने, ‘महिनावारी नदिदा कुटपिट तथा सवारी साधन लिलामका लागि भन्सारमै पु¥याईदियो ।’ लाईन नदिएपछि आफुमाथि अन्याय गरेको ठगुन्नाको दुखेसो छ ।

आफुले महेन्द्रनगरको पुजा टे«र्डस र सुडाको डिआरबाट नेपाली समान नै लगेको तर, सशस्त्र प्रहरीले भारतीय समान भन्दै नियन्त्रणमा लिएको दुखेसो पोखे । आफुमाथि कुटपिट गरेपछि धनगढी स्थित निसर्ग अस्पतालमा समेत उपचार गरेको बताए ।

‘मैले व्यवसाय गर्नका लागि कमल बोहरासंग से१ज ४१७ नम्बरको जिप भाडामा लिएको थिए, ‘उनले भने, ‘घुस नदिदा आफुले व्यवसायबाटै हात धुनुप¥यो ।’ ईन्सपेक्टर साउदले माथिल्ला हाकिमलाई दिनुपर्छ भन्दै पैशा र मदिरा माग्दै आएको दुखेसो पोखे ।

आफु सशस्त्र प्रहरीबाट अन्यायमा परेकाले न्यायका लागि भन्सारले ध्यान दिनुपर्ने बताए । भन्सारमा पुग्दा भन्सारका कर्मचारीले सशस्त्र प्रहरीले चाहेको खण्डमा नियन्त्रणमा लिएको गाडी मिनेटमै फिर्ता हुने जवाफ दिदै आएको बताए । सशस्त्र प्रहरीले ठगुन्नाले आफु गैर कानुनी समान चोरी तस्करी ओसारपोसार गर्दै आएको जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नंं७बैद्यनाथ बाहिनीका सुचना अधिकारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश पाण्डेले ठगुन्नाले नेपाली समान भनेर भारतबाट चोरी तस्करी गरेर समान ओसार्ने गरेकोे बताए । उनले अवैध समान भएपछि मात्रै सशस्त्र प्रहरीले समान बरामद गरेको बताए ।

सशस्त्र प्रहरीले गैर कानुन समान तस्करी गर्ने क्रममा नियन्त्रणमा लिएर भन्सार बुझाएकै झोकमा सशस्त्र प्रहरी निरीक्षक हर्क साउदमाथि महिनावारी मागेको आरोप मात्रै लगाएको जनाएको छ । ठगुन्नाले सशस्त्र प्रहरीलाई गैर कानुन समान चेकजाँचका क्रममा समेत गालीगलैच गरेको र कुनै सशस्त्र प्रहरीले व्यवसायीबाट अनुचित लाभ लिएको पुष्टी भए कार्बाही गर्ने जनाएको छ ।

यस बारेमा व्यवसायी अम्मर सिह ठगुन्नाले सशस्त्र प्रहरी निरीक्षक हर्क साउदसंग प्रतिकृया लिन खोज्दा उनले प्रयोग गर्दै आएको ९८५१२५८८७०नम्बरको फोन स्वीचअफ थियो । व्यवसायीहरुले भने महिनावारी पनि लिने अनि समान समात्ने प्रवृति अनुचित भएको भन्दै अनुचित कार्य कुनै व्यवसायीले गरेको भए पुर्ण नियन्त्रण गर्न अग्रसर हुनुपर्ने बताएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार