सम्राट थापा बचाउ अभियान : झिलमिला युवा समाजद्वारा जुटाएको रकम हस्तान्तरण

बेलडाँडी । सम्राट थापा बचाउ अभियानमा झिलमिला युवा समाजले जुटाएको रकम हस्तान्तरण गरिएको छ ।

 

बेलडाँडी गाउँपालिका-२ का ब्लड क्यान्सर सम्राट थापा बचाउ अभियानमा बेलडाँडी-५ मा रहेको झिलमिला युवा समाजले संकलन गरेको रु.८०हजार पिडितका मामा अर्जुन थापालाई हस्तान्तरण गरेका हुन ।

थापा बचाउ अभियानमा जुट्नु पर्छ भन्दै समाजका युवाहरूले सल्लाह दिईराखेको सन्तोष बुढाले जानकारी गराउनु भयो । उहाँका अनुसार चक्र शाह, पदम थापा बिरेन्द्र रोकाया लगायतका युवाहरूले अभियानलाई अघि बढाएको बताए । फुटवल, क्रिकेट खेल्नु मात्र क्लबको काम नरहेको र समाज परिवर्तनमा पनि एकदमै यो युवा समाज लागि रहेको जनाए ।
झिलिमिला युवा समाजले यो भन्दा पहिले पनि शिक्षक शंकर चिमाडी बचाउ अभियानमा समेत सक्रिय तरिकाले लागेको थियो ।
युवा समाज अझै यस्ता काम गर्दै जाने र तपाईं सहयोगी मनहरुलाई विशेष धन्यवाद समाजले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित