बेलडाँडीका होनहार युवाहरुद्धारा संविधान दिवसको अवसरमा दिपप्रज्वलन

266
VIEWS

बेलडाँडी,

नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्य वस्थासहितको संविधान जारी भएको आज सात बर्ष पुरा गर्दै आठौं बर्षमा प्रवेश गरेको छ ।

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले सात वर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गर्दा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । संविधान कार्यान्वयनकै कर्ममा जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन तर संविधान पुर्णरुपमा कार्यान्वयनको होस् भन्ने कामना गर्दै बेलडाँडीका होनहार युवाहरुले बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा दिपप्रज्वल गरेका थिए ।

जनताको गास, बास, कपास त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले मौलिक हक मानेको र यसको रक्षा गर्नु आम युवाहरुको दायित्व भएको अगुवा युवा विकास बस्नेतले बताउनु भयो । उहाँका अनुसार यस संविधानले मुलुकका सबै जाति, लिङ्ग, महिला, दलित, भाषाभाषी, मधेशी, सिमान्तकृत सबै बर्गको अधिकार सुनिश्चित गरेको बताए ।

कार्यक्रममा अगुवा युवा दिलिप बडु, महेश खडका, डम्वर ऐडी लगायतका युवाहरुको सहभागिता रहेको थियो । उनीहरुका अनुसार यस दिवसलाई स्थानीय सरकारले भव्यताका रुपमा मनाउने बेला आफुहरुले खुसीका साथ कार्यक्रमको आयोजना गरेको जनाए । उनीहरुले सडकामा राष्ट्रिय झण्डा, संविधान दिवस २०७९ लेखेर दिपप्रज्वलन गरेका थिए ।

निकै लामो समयको प्रजातान्त्रिक प्रक्रिया र नागरिकको मेहनत र संघर्षबाट बनाएको नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभाबाट जारी गर्नुभएको थियो । त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवस मनाउनु पर्ने हुन्छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार