जल उपभोक्ता संघ ब्लक ६ मा उपाध्यक्ष र क्षेत्रीय प्रतिनिधी छनौटका लागि निर्वाचन शुरु

106
VIEWS

बेलडाँडी,

आज विहान देखि जल उपभोक्ता संघ ब्लक नंं. ६ मा उपाध्यक्ष पद र क्षेत्रिय प्रतिनिधीका लागि मतदान शुरु भएको छ ।

तोकेकै समयमा निर्वाचन शुरु भएको निर्वाचन संयोजक सचिन कठायतले जानकारी गराउनु भयो । उहाँका अनुसार उम्मेदवार, उम्मेदवारका प्रतिनिधीहरु विचमा छलफल पश्च्यात मतदान शुरु गराएको जनाए ।

उहाँका अनुसार ब्लक नं. ६ मा ७० टर्शरी रहेको र ती टर्शरीबाट टर्शरी अध्यक्ष, महासचिव र महिला प्रतिनिधीलाई मतदानको अधिकार भएको बताए । कुल २१० मतदाताहरुले ब्लक उपाध्यक्ष र क्षेत्रिय प्रतिनिधी चुन्ने भएका छन् ।

द्धितिय चरण क्षेत्रिय समितिको प्राङ्गणमा ब्लक नं.६ को निर्वाचन हुन लागेको छ । ब्लक उपाध्यक्ष पदका लागि डम्मरलाल राना र रतनसिह खडाका उम्मेदवार रहेका छन् भने क्षेत्रीय प्रतिनिधीका लागि खेमराज भट्ट, हर्कदेव जोशी र पुष्पकमल पण्डित वीच प्रतिस्पर्धा हुने छ । तीन जना क्षेत्रिय प्रतिनिधीमा २ जना निर्वाचित हुने छन् । निर्वाचन ३ बजे भित्रै सकिने छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार