प्रेस यूनियनद्वारा सदस्यताको अन्तिम टुङ्गो नलाग्दासम्म अधिवेशन स्थगित गर्न माग

कञ्चनपुुर, चैत्र २१ । नेपाल प्रेस यूनियनले पत्रकार महासंघका अधिवेशन स्थगित गर्न माग अघि सारेको छ । प्रेस यूनियन मञ्चनपुरले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र नविकरणको अन्तिम टुङगो लागि नसकेको अवस्थामा अधिवेशनको अर्थ नहुने हुँदा स्थगित गर्न माग गरेको हो ।

 

प्रेस यूनियन कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघले शुरु गरेको शुद्धिकरण अभियानमा यूनियन कञ्चनपुर शाखाले पूर्ण साथ सर्मथन र सहयोग गरेको जनाउँदै महासंघले शुद्धिकरण टुङगोमा नपु¥याएरै जिल्ला, प्रदेश र केन्द्रीय मिति तोक्ने र कतिपय जिल्ला, प्रदेशले अधिधिवेशनको मिति तोकेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिह (मुस्कान)ले हस्ताक्षर गरेको विज्ञप्तीमा महासंघको सदस्यता अन्तिम टुङगो लगाएर मात्रै अधिवेशनको मिति तोक्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित