दशैको अवसर पारेर बेलडाँडीमा बृहत खुल्ला फुटवल प्रतियोगिता हुने

बेलडाँडी,
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको कालिका मन्दिर समितिको आयोजनामा बृहत खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।

हिन्दुहरुको महानचार्ड विजया दशमीलाई लक्षित गर्दै कालिका मन्दिर समितिले यहाँका खेलाडीहरुको विकासका निमित्त बृहत खुल्ला फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
समितिले प्रतियोगितामा सहभागिहुनेहरुका लागि आज देखिनै टिमदर्ताको समय शरुभएको जनाएको छ । टिमदर्ताको अन्तिम समय असोज ९ गते साझ ४ बजे सम्म हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको खेल उदघाटन १० गते घटस्थापनाको दिन दिउसो १ बजे हुने कार्यतालिका रहेको आयोजनक समितिका प्रतिनिधी ईश्वर बडुवालले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार यहाँका खेलका माध्यमबाट पनि सामाजिक सदभाव रहिरहोस भन्ने उदेश्यले मन्दिर समितिले पहिलो पटक आयोजना गर्न लागेको जनाए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई ५१ हजार १ सय पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई २५ हजार १ सय रहने जनाइएको छ । टिम दर्ताका लागि समितिले प्रत्येक टिमका लागि ४ हजार १ सय शुल्क लाग्ने जनाएको छ ।

सोही मन्दिरमा विगत लामो समय देखि नवौंमीको मेला लाग्ने गरेको छ । समितिले सह प्रायोजक बन्ने इच्छुकहरुलाई समेत सहभागिताका लागि आवाहान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित