दशैको अवसर पारेर बेलडाँडीमा बृहत खुल्ला फुटवल प्रतियोगिता हुने

361
VIEWS

बेलडाँडी,
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको कालिका मन्दिर समितिको आयोजनामा बृहत खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।

हिन्दुहरुको महानचार्ड विजया दशमीलाई लक्षित गर्दै कालिका मन्दिर समितिले यहाँका खेलाडीहरुको विकासका निमित्त बृहत खुल्ला फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
समितिले प्रतियोगितामा सहभागिहुनेहरुका लागि आज देखिनै टिमदर्ताको समय शरुभएको जनाएको छ । टिमदर्ताको अन्तिम समय असोज ९ गते साझ ४ बजे सम्म हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको खेल उदघाटन १० गते घटस्थापनाको दिन दिउसो १ बजे हुने कार्यतालिका रहेको आयोजनक समितिका प्रतिनिधी ईश्वर बडुवालले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार यहाँका खेलका माध्यमबाट पनि सामाजिक सदभाव रहिरहोस भन्ने उदेश्यले मन्दिर समितिले पहिलो पटक आयोजना गर्न लागेको जनाए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई ५१ हजार १ सय पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई २५ हजार १ सय रहने जनाइएको छ । टिम दर्ताका लागि समितिले प्रत्येक टिमका लागि ४ हजार १ सय शुल्क लाग्ने जनाएको छ ।

सोही मन्दिरमा विगत लामो समय देखि नवौंमीको मेला लाग्ने गरेको छ । समितिले सह प्रायोजक बन्ने इच्छुकहरुलाई समेत सहभागिताका लागि आवाहान गरेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार