अब बेदकोट नगरपालिकाका ९ नम्बर वडाको आफ्नै भवन

प्रकास भट्ट/कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको एक वडाले आफ्नै वडा कार्यालय भवन बनाएको छ । बेदकोट नगरपालिका ९ नम्बर वडा कार्यालयले आफ्नै कार्यालय बनाएको हो । यस अघि भाडाको घरमा संचालनमा रहेको वडा कार्यालय भवन अबदेखि आफ्नैमा संचालन हुने भएको छ ।

बेदकोट नगरपालिका ९का वडाध्यक्ष जनक विष्टले यस अघि भाडाको घरमा कार्यालय संचालन हुँदै आएको अवस्थामा अबदेखि आफ्नै भवनबाट सेवा शुचारु गरिएको बताए । वडाध्यक्ष विष्टका अनुसार रामी भाट परिवारले जमिन निःशुल्क उपलब्ध गराएपछि वडा भवन निर्माण गरिएको बताए ।

वडाध्यक्ष विष्टका अनुसार एक हल सहित तीन कोठा रहेका छन । ‘अब आफ्नै भवनमा वडा कार्यालय निर्मांण भएको छ, ‘उनले भने, ‘जनतालाई थप स्तरिय सेवा सुविधा दिन सहज भएको छ ।’

बेदकोट नगरका इन्जिनियर पवन विष्टले झण्डै ४९लाख लागतमा एसएमबी कस्ष्ट्रक्सन प्रालिले भवन समयमै निर्माण गरेको बताए । उनका अनुसार ९महिनामा भवन निर्माण गरिएको छ । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले ९नम्बर वडासंगै यस अघि १, २, ३, ५, ७, ८नम्बरका वडा भवन निर्माण भएका छन ।

भने, ४को स्वास्थ्यको भवनमा संचालन छ । अब ६ र १० बन्न बाँकी छ । मंगलबार एक कार्यक्रकका विच बेदकोट नगरका मेयर भोजराज बोहराको भवनको उद्घाटन गर्दै जनतालाई स्तरिय सेवा सुविधा दिनुपर्नेमा जोडदिएका छन ।

मेयर बोहराले भवन अनुरुप जनताले सेवा दिनुपर्ने बताए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित