सिंहपाल आधारभूत विद्यालयलाई के कारणले दिइएन माध्यमिक तह कक्षा संचालनको अनुमति ?

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको सिंहपाल आधारभूत विद्यालयले गत वर्ष देखि माध्यमिक तह संचालनका लागि माग गर्दै आएको छ । विद्यालयले माध्यमिक तह संचालन गर्नका लागि आफ्नो तयारी पूरा भएको जनाउदै गत बर्ष देखिनै थप कक्षा संचालनको मागगर्दै आएको हो ।

गत बर्ष बेलडाँडी गाउँपालिकाले आउदो आर्थिक बर्षमा थप कक्षा संचालनका लागि अनुमति दिने आसवासन दिए अनुसार विद्यालयले नयाँ शैक्षिक सत्र सुरुहुन पुर्व पुनः फाइल गाउँपालिकामा पेश गरेको थियो तर शैक्षिक सत्र २०८१ शुरु हुन थाल्दा कुनै कारण नदेखाई एकाएक पालिकाले हाललाई त्यस विद्यालयको तह नबढाउने निर्णण गरेको छ ।

पालिकाले कुनै कारण नदेखाई विद्यालयलाई तह नबढाउने सम्वन्धमा पत्राचार गरेको छ । पालिकाले पठाएको पत्रमा यस्तो लेखिएको छ : “उपरोक्त विषय सम्वन्धमा त्यस विद्यालयले शैक्षिक सत्र २०८१ देखि माध्यमिक तह (कक्षा ९) संचालनको अनुमतिका लागि यस कार्यालयमा फाइल पेश गरेकोमा बेलडाँडी गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८०/१२/०७ गतेको बैठकबाट हाललाई त्यस विद्यालयको तह नबढाउने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ” भन्दै प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।


सिंहपाल आधारभूत विद्यालयलका प्र.अ. केशव साउदका अनुसार “हामीले यहाँका बच्चाको भविश्य बनाउने जिम्मेवारीका साथ थप कक्षा संचालनको अनुमति माग्दा समेत रोकेको प्रति दुःख व्यक्त गर्नु भयो । उनले भने हामीले २ बर्ष सम्म पालिकालाई कुनै आर्थिक भार नदिई विद्यार्थीले ल्याएको नतिजाका आधारमा दरबन्दी मिलिहाल्यो भने कसको के नै भन्नुछ र भन्दै बारम्वार थपकक्षा संचालन गर्नका लागि माग गरेको जनाउनु भयो ।” हामीले विद्यालयमा भौतिक संरचना देखि विद्यालय कक्षाकोठा व्यवस्थापन, बेलडाँडी गाउँपालिका भरीकै उत्कृष्ट पुस्तकालय, जिम्मेवारी शिक्षक लगायतको यस्तो वातावरण मिल्दा समेत अनुमति नदिनु दुःखद भएको बताए ।

बेलडाँडीका स्थानीय तथा सोही विद्यालयका अभिभावकहरुका अनुसार “गाउँ कार्यपालिकाले हचुवाका भरमा गरेको निर्णय खारेज गर्न माग गर्दै तुरुन्त थप कक्षा संचालनको अनुमति दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले भने गत वर्ष पनि अर्को बर्ष दिन्छौ भने तर अहिले आएर यस्तो निर्णय गर्नु अभिभावक र विद्यार्थीहरुलाई घात गरेको बताए ।” थप कक्षा संचालनका लागि विद्यालयमा सम्वन्धित समितिले अनुगमन, मुल्याङ्कन गरी समितिले तयार गरेको प्रतिवेदनको आधारमा कार्यपालिकाले निर्णय गर्ने साठो नियम कानुनको ठाडो उल्लघन गरेर राजनीतिक पूर्वाग्रही ढंगले पालिका प्रस्तुत भएको जनाए । पालिकाले यो निर्णयलाई नसच्याए एकातर्फ आन्दोलन र अर्को तर्फ अदालत जाने उनीहरुले जनाएका छन् ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरका अनुसार “कार्यपालिकाले गरेको निर्णय अनुसार सूचना निकालिएको बताए । के कारणले अनुमति नदिएको हो त्यो कुरा आफुलाई समेत थाहाँ नभएको बताउदै यस विषयमा आफुले बुझ्ने वहाँले बताउनु भयो ।”

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टका अनुसार “नयाँ शैक्षिक सत्र २०८१ मा कुनै पनि विद्यालयलाई थप कक्षा संचालनको अनुमति नदिने निर्णय कार्यपालिकामा भएको बताए ।” उनका अनुसार शिक्षा क्षेत्रको विकास र एकरुप्ताका लागि शिक्षक, विद्यार्थीको अनुपातका साथै विद्यालयले ल्याउने नतिजाका आधारमा परिणाम खोज्ने र आगामी बर्ष देखि सोही आधारमा तह घटबढ गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित