सुर्खेतमा उद्यम विकास योजना सम्बन्धि तीन दिने प्रशिक्षण तालिम सम्पन्न

सुर्खेत । युएसएआइडी जल जंगलको आयोजनामा सुर्खेतमा उद्यम विकास योजना सम्बन्धि तीन दिने प्रशिक्षकहरुका लागी प्रशिक्षण तालिम सम्पन्न भएको छ । उद्यम विकासस सहजकर्तालाई प्राकृतिक स्रोतमा आधारित उद्यम विकास योजनाका बारेमा अभिमुखीकरण गरि प्रवर्द्धन गर्न सहकार्य गर्नु तालिमको उद्देश्य रहेको थियो ।

कर्णाली प्रदेशका डोल्पा, जुम्ला,कालिकोट दैलेख र सुर्खेत जिल्लाका १३ वटा स्थानिय तहका उद्यम विकास सहजकर्ता तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाका ४ वटा स्थानिय तहका गरि १७ वटा स्थानिय तहका जम्मा २२ जना उद्यम विकासस सहजकर्ताहरुलाई उद्यम विकास योजना सम्बन्धि तीन दिने प्रशिक्षकहरुका लागी प्रशिक्षण तालिम प्रदान गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश निमित्त सचिव राजेन्द्र बासुकलाले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नू भएको थियो । भने कार्यक्रमको उद्येश्य तथा युएसएआइडी जल जंगल बारेमा परियोजनाका सुर्खेत ल्याण्डस्केप टीम लिडर भुपेन्द्र शाहीले दिनु भएको थियो ।

 

कार्यक्रममा तालिममा प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय र दिगोपन उद्यमीका विशेषताहरु, मूल्य श्रृंखला विश्लेषण मूल्य श्रृंखला छनौट, व्यवसायका ढाँचा तथा उत्पादित वस्तुको बजारीकरण व्यवसायको जोखिम तथा अवसरहरु तथा प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसायमा महिला तथा पछाडी पारिएका समुदायको समावेशीकरण लगायतको विषयहरुमा प्रशिक्षक द्वय मोचन भट्टराई र दिपेश प्याकुरेले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको युएसएआइडी जल जंगलको उद्यम विकास अधिकृत मुकेश कुवँरले जानकारी गराउनु भयो ।

तालिमको अन्तिम दिन २२ जना सहभागीहरुले आफ्नो पालिकाको लागी प्राकृतिक श्रोतमा उद्यम व्यवसायको श्रोता पहिचान गर्नुका साथै कार्य योजना समेत निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित