बेलडाँडी,
महाकाली सिचाँई जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको अध्यक्षमा कुवर र उपाध्यक्षमा चौधरी विजयी भएका छन् । महाकाली सिचाँई जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको अध्यक्ष र उपाध्यक्षका लागि आज भएको निर्वाचनमा पाँचदलिय गठवन्धनलाई हराउदै अध्यक्षमा गोपाल कुंवर निर्वाचित भएका छन् भने उपाध्यक्षमा हिरालाल चौधरी विजयी भएका छन् । कुंवरले ३४ मत प्राप्त गर्दै आफ्ना प्रतिद्धन्दी हर्कदेव जोशीलाई १४ मतको अन्तरले हराउदै कुवर विजयी भएका थिए । जोशीले २० मत प्राप्त गरेका हुन । यस्तै उपाध्यक्षमा हिरालाल चौधरीले ३७ मत ल्याउदै २१ मत अन्तरले भट्टलाई पराजित गरेका हुन् । भट्टले १६ मत प्राप्त गरेका थिए ।
जोशीलाई नेपाली कांग्रेसले आधिकारी उम्मेदवार बनाएको थियो भने कुंवर कांग्रेसकै बागी उम्मेदवार थिए । जोशीलाई ५ दलिय गठवन्धनको साथ थियो भने कुवरलाई एमालेको साथ थियो । यस्तै उपाध्यक्षमा खेमराज भट्टलाई पाचदलिय गठवन्धनको साथ थियो भने चौधरी एमाले निकट आधिकारीक उम्मेदवार थिए ।
कुल मतदाता ५६ जना थिए र ५६ जनाले नै ११ बजे भित्रै मतदान गरिसकेपछि लगत्तै मतगणन शुरु गरेको थियो ।
यसरी पाचदलको गठवन्धनलाई वागी उम्मेदवारले नै हराउन थाले पछि बेलडाँडीमा संन्नाटा मच्चिएको छ । एमालेको महत्वपूर्ण कुटनितिक भुमिकाले गठवन्धनका आधिकारीक उम्मेदवारलाई हराउन सफल भएको एमाले श्रोतले जनाएको छ । एमालेका अनुसार उनीहरुले दादागिरी शैलीमा टर्शरी गठन गरेका र आज सम्म पानी नलाग्ने ठाउँका लाई पनि भोटर बनाएर ब्लकहरुमा बलियो बन्न खोजेको आरोप लगाए ।
Discussion about this post