बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा केहिदिन पहिला गाउँकार्यपालिकाको माइन्युटमा भएको कर्तुतका बारेमा मिडिया र समाजिक सञ्जालमा आएको विषयमा बेलडाँडी गाउँपालिकाले जानिजानी यस्तो गल्ती नगरेको स्वीकार गर्दै एकाउन्टेन्ट सर नभएका कारणले पछि रकम उल्लेख गर्न ठाउँ छोडीको स्वीकार गर्नु भयो ।
अध्यक्षले आफु निकटका पत्रकारहरुलाई बोलाएको पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले नियम संवत बन्द गरिएको माइन्युटमा एक पोइन्ट थप्न नपाइने स्वीकार गर्दै नियतवस यस्तो नगरिएको बताए । लेखा कर्मचारी सो दिन कार्यालयको कामले बाहिर रहेकाले विलअनुसारको रकम कति हो आफुहरुलाई थाहा नभएको भन्दै पछि थप्ने गरी रकम खाली छोडीएको स्वीकार गरे । उपाध्यक्ष नालेले लगाएको आरोप अनुसार आफुहरुमा कुनै नियत बस त्यस्तो मिलेमतो नभएको जोशीले जनाए । हाकिम र उपाध्यक्षले समेत पत्रकार सम्मेलन राखिएको छ भन्ने कुरा उसै दिन विहान खवर पाएको जनाए ।
कुनै पनि नियममा बन्द भएको माइन्युटमा कुनै थपघट गर्नु पर्यो भने स्पस्ट हुनेगरी नयाँ निर्णय गर्न सकिने प्रावधान हुन्छ तर कारण खुलाउनु पर्ने हुन्छ । बेलडाँडीको सवालमा त्यो कुनै देखिएन ।
समाचारको विषयमा समाचार झुट्टा भए प्रमाण सहित पेस गरेर जुन मिडियामा समाचार आएको छ त्यसै मिडियामा खण्डन छाप्न सक्ने प्रावधान गरहेको छ । प्रेस विज्ञप्ती मार्फत तथ्य सहित खण्डन लागि उसै मिडियालाई पत्राचार गर्नुपर्ने हुन्छ तर बेलडाँडीमा त्यसो देखिएन । पत्रकार सम्मेलनमा पनि जुनमिडियामा समाचार आएको थियो ती मिडियाकर्मीहरुलाई पत्रकार सम्मेलनमा बोलाइएको थिइएन तर ती कर्मीहरुले आफैले थाहाँ पाएर त्यहाँ पुगे । त्यो गाउँपालिका अध्यक्षको के नियत हो ?
बेलडाँडी गाउँपालिका अध्यक्ष ७० महिनामा २१ लाख भन्दा बढी आर्थिक अनियमितता भन्ने समाचार आएको थियो । त्यस विषयमा पत्रकारहरुले के हो भनि अध्यक्षलाई जवाफ माग्दा त्यो विषयमा आफु केहि नबोल्ने बताए । त्यस बिषयमा आफु नबोल्नुको कारण के हो ? गाउँपालिका माइन्युटको विषयमा समाचार आए पछि आफुलाई उपाध्यक्ष शान्ती नाथले फोन गरेको र समाचार यस्तो आएको छ भनि जानकारी गराउदा आउन देउ भन्दै आफुले चक्लेट बाढेको बताए ।
अध्यक्ष रानाले भने आफु गल्ती नगर्ने र माफी नमाग्ने बताउदै आज सम्म मैले माफी नमागेको र कहिलै पनि माफी माग्ने बतावरण सिर्जना नहोस भनि भवगान संग प्राथाना गर्ने गरेको बताए ।
Discussion about this post