एमालेले यस पटक पनि गर्यो विद्यार्थी नेता बिष्ट माथी घात

कञ्चनपुर,
नेकपा एमालेले मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाए संगै यस पटक पनि विद्यार्थी नेता बिष्ट माथी घात भएको छ ।

०७४ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं.१ ख बाट प्रदेश सदस्य पदको टिकट पाएकी मर्यादा बिष्टको टिकट उम्मेदावरी दर्ता गर्ने दिन खोसिएको थियो भने यस पटक प्रदेश सदस्यका लागि महिलाबाट एक्लै उनको नाम सिफारिस भएता पनि उनी माथी पुनः घात भएको छ ।

अनेरास्ववियुकी सचिव समेत रहेकी बिष्टको टिकट एकाएक उम्मेदवारी दर्ताका दिन कुलबिर चौधरीलाई दिए पछि उनले पार्टीले गरेको निर्णय आफुले मान्नै पर्ने भन्दै चौधरीलाई चुनाव जिताउनका लागि होम्मिएका थिए ।

यसपाली ठुलै आशा बोकेकी उनलाई पहिलेको सम्झदारीको फल मिल्ने आशा हुनु स्वभाविक थियो तर माथिल्लो कमिटिले कुनै मापदण्ड नहेरी पहुँचका भरमा टिकट बितरण गरेको प्रति उनी समर्थक नेता कार्यकर्ताले आपत्ती जनाउदै आएका छन् । उनी निकट कार्यकर्ताका अनुसार पहिले जनजातीको छोरालाई टिकट दिइएको र अहिले महिलाको सम्मान हुने गरी टिकट दिनुपर्ने ठाउँमा झिन अपमान गरेको प्रति असन्तुष्ट जनाएका छन् ।

टिकट वितरण प्रति भोली एमालेका नेताहरुद्धारा झलारी लगायतका ठाउँमा पत्रकार सम्मेलन मार्फत धेरैले स्वतन्त्र उम्मेदवारी दिने निधो समेत गरेको छन् भने कसैले आफुले नमागेको ठाउँमा टिकट दिएको भन्दै पत्रकार सम्मेलन मार्फत चुनाव नलड्ने समेत जनाउन खोजका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित