बेलडाँडी घर भएका विद्यार्थी नेतागिरीद्धारा बेलडाँडी वासीलाई सचेत गराउदै, कसलाई जिताएर आखिर के भयो ?

730
VIEWS

बेलडाँडी,
बेलडाँडी घर भएका विद्यार्थी नेतागिरीले बेलडाँडी वासीलाई सचेत गराउदै भने, कसलाई जिताएर आखिर के भयो ?

विगत लागो समय देखि विद्यार्थी राजनितिमा होम्मिएका बेलडाँडी घर भएका युवा विद्यार्थी नेता कैलाश चन्द्र गिरीले फेसबुकमा एक स्टाटस राख्दै भोट दिनु भन्दा पहिला नेताहरुलाई प्रश्नको जवाफ मागौं भन्दै बेलडाँडी बासीहरुलाई भावुक बनाएका छन् । उनले भनेका छन् बषौं देखि बेलडाँडी वासी सबै पार्टीका लागि भोट बैंक मात्र भएर फगत आसवासनका भारी बोक्दै यस पटक भोट होईन प्रश्न गर्दै मागौं । यदि बेलडाँडी वासीले यो हिम्मत गर्न सकेनौं भने फेरी पनि फगत आसवासनका भारी बोक्ने र फुर्सदमा गाली गर्नु बाहेकको विकल्प हुदैन भनि सचेत गराउदै स्टाटस राखेका छन् ।

सधै भरी बेलडाँडी बासीले भोट बंैंकको रुपमा मात्र तछाडमछाड गर्नुपर्ने बाध्यताको अन्त्य गराउन सबै बेलडाँडीबासीले सचेत हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले पहुँच, नातावाद कृपावादलाई मात्र टिकेट दिने परम्पराको अव युवाहरुले समेत भएर खवरदारी गर्ने हो भने यो समस्या समाधान हुन सक्ने उनको बुझाई छ ।

हुनपनि हो अहिले सम्म यस क्षेत्रको बेलडाँडीमा बेलडाँडीबासीले नेता जन्माउन सकेको छैन् की या यहाँका कुनै पार्टीका नेतालाई अवसर नदिने परिपार्टी सबै पार्टीमा देखिएको छ । अहिले सम्म न त नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, समाजवादी, मधेशवादी कसैले पनि यहाँ बेलडाँडीका लाई अवसर दिएको छैन् ।

उनले यसरी बेलडाँडी बासीलाई भावुक हुने गरी यस्तो स्टाटस पोष्ट गरेका छन् । “वर्षौ देखि बेलडाँडी बासी सबै पार्टिका लागि भोट बैंक मात्र भए फगत आश्वासन का भारी बोक्दै यस पटक भोट होईन प्रश्न गर्दै जवाफ मागौ। यदि बेलडाँडि बासी ले यो हिम्मत गर्न सकेनौ भने फेरि पनि फगत आश्वासन का भारी बोक्ने र फुर्सदमा गाली गर्नु बाहेक को विकल्प हुदैन । प्रश्न गरौ नेकपा एमाले लाई तीन बर्ष सम्मन प्रधानमन्त्री हुदा , बेलडाँडिको स्थानीय सरकार हुदा दैजी बेलडाँडी सडक किन बनेन ? प्रश्न गरौ नेकपा ( माओवादी केन्द्र ) लाई सरकारमा हुदा ,मन्त्री हुदा , प्रदेश सरकारमा हुदा किन बनेन दैजी बेलडाडी सडक ?? प्रश्न गरौ नेपाली काङ्ग्रेस लाई अहिले पनि प्रधानमन्त्री काङ्ग्रेस, ठेकेदार कम्पनी को मालिक पनि काङ्ग्रेस को नेता किन बनेन दैजी बेलडाँडी सडक ? प्रश्न गरौ एकीकृत समाजवादी लाई प्रदेश सरकार मा हुदा राज्य मन्त्री हुदा पनि किन बनेन दैजि बेलडाँडी सडक ?? हामीले कहिले सम्मन झुठा भाषण मात्र सुन्ने कहिले सम्मन झोले कार्यकर्ता भएर तेरो र मेरो पार्टी भन्ने आखिर के पायौ आज सम्मन भोट हालेर । आपत विपतमा पनि राती ८ बजे पछि राष्ट्रिय निकुन्ज भनेर सडक मा हिडन नपाएको वर्षौ भयो , हाम्रा सडकहरु उस्तै छन । किसान का समस्या उहीँ छन । खोला नाला का समस्या उहीँ छन । स्वास्थ्य को अवस्था उहीँ छ आखिर के चाई परीवर्तन भएको छ एक पटक झोले भएर होईन बेलडाँडी बासी भएर सोचौ त हामी ले के पायौ ?? त्यसैले यो पटक बेलडाँडी बासिले प्रश्न को जवाफ मागौ !!!”

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार