कञ्चनपुर,
संविधान सभा सदस्य तथा माओवादी केन्द्रका नेता टेकेन्द्र प्रशाद भट्ट(बिक्रम)ले कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट टिकट पाएका छन ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लागि माओवादी केन्द्रबाट संविधान सभा सदस्य भट्टले ३(क)बाट प्रदेश सभा सदस्यमा टिकट पाएका हुन । सत्ता गठबन्धनका तर्फबाट ३(क) माओवादीको भागमा परेपछि माओवादीले भट्टलाई अघि सारेको हो । सिद्धनाथ विज्ञान क्याम्पस अध्ययन गर्दाकै बखत माओवादी जनयुद्धमा होमिएका भट्ट ०६४सालमा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र ३बाट निर्वाचित भएका थिए ।
Discussion about this post