डिल्लीराज पन्त/कञ्चनपुर, बैशाख १८ । कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणमा नेपाली सेनाले अवरोध गरेर विमानस्थलको कामकाज रोकिएको भन्दै स्थानीयदेखि सरोकारवाला निकाय अहिले सकृय भएका छन ।
मंगलबार मझगाँउ विमानस्थल पुन संचालन समिति, बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी सहित कञ्चपुरका सरोकारवालाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सेनाको अवरोध हटाउन माग अघि सारेका हुन ।
मंगलबार मझगाँउ विमानस्थल पुन संचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले विमानस्थल निर्माणमा सरकारकै निकाय सेनाले अवरोध गरेर विकास निर्माणमा बाधा खडा गरेपछि प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्ष ध्यानाकर्षण गराएको बताए ।
यस अघि वनमन्त्री, रक्षामन्त्री सहितका सरोकारवालाई ज्ञापन पत्र बुझाईएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बिमानस्थल शुचारुको माग अघि सारेर फेरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । डेलिगेशनमा संसद रेनु चन्द, सुप प्रदेशका पुर्वराज्यमन्त्री मान ब. सुनार, बेदकोट नगरका निर्वतमान मेयर अशोक चन्द सहितका सरोकारवालाको सहभागिता रहेको बताए ।
Discussion about this post