बेलडाँडी,
आसन्न मंसिर ४ गते हुने प्रदेश प्रतिनिधीका लागि हुने निर्वाचनमा नेकपा एमाले जिल्ला सचिव भट्टलाई योग्य उम्मेदवार ठान्दै चुनाव लडाउने निधो गरेको छ । शुक्रवार एमालेले सुची सार्वजनिक गर्दै एमालेका नेता पल्लब राज भट्टलाई कञ्चनपुर क्षेत्र नं.१ ‘ख’ बाट निर्वाचन लड्न टिकेट दिएको जनाइएको छ ।

नेता भट्ट यस अघि ०७४ को स्थानीय निर्वाचनमा मेयर पदका लागि झिनो मतान्तरले मात्रै पछि परेका थिए । उनी पार्टी र संगठन भित्र बलियो प्रतिद्वन्द्वीका रुपमा चिनिन्छन् । एमाले जिल्ला सचिव समेत रहेका भट्टले विद्यार्थी जीवनबाट नै राजनीति सुरु गरेका थिए ।
लामो समय राजनीति अनुभव बटुलेका भट्ट कञ्चनपुर अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक समेत रहेका छन् । उनले पटकपटक कञ्चनपुरको सीमा समस्या समाधानका निमित्त कुटनैतिक पहलको नेतृत्व समेत गर्दै आएका छन् । राष्ट्र र राष्ट्रियताका सवालमा भारतीय पक्ष संग सीमामै गएर गर्जिने स्वाभावका भट्टको नेतृत्व र क्षमतालाई सम्मान गर्दै पार्टीले प्रदेश ‘ख’ को टिकट दिएको उनी समर्थक नेता कार्यकर्ताले जनाएका छन् ।
यस्तै संघमा पुनर्वासका तारा लामा तामाङ, प्रदेश क मा विर बहादुर थापा चुनाव लड्ने भएता पनि । प्रदेश ‘क’ मा टिकट पाएका विर बहादुर थापा पातलले प्रदेशमा आफु चुनाव नलड्ने बताएका छन् । उनी निकट नेताका अनुसार थापाको नाम संघमा सिफारिस भएको थियो तर प्रदेशमा नाम आएपछि सबै अचम्मीत भएका छन् । सनिवार उनी निकटका नेताले संघको टिकेट नमिले चुनाव नलड्ने बताउदै आएका छन् ।
निर्वाचन आयोगका अनुसार आज २३ गते उम्मेदवारी दर्ता गर्ने समय रहेको जनाइएको छ ।

Discussion about this post