बेङ्गलोरमा ग्यास ब्लास्टमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई नेपाल लाइफको बीमा पोलिसी उपहार

देब राज गिरि/पुनर्वास । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको पाइएको छ । त्यस्ता अवसरमा होटेल तथा रेस्टुरेन्टहरुमा गई खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको देखिए पनि पुनर्वास १ हिरापुरमा भने पोलिसी उपहार दिने नयाँ प्रचलन देख्न पाइएको छ ।

लामो समय देखि रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा बसोबास गर्दै आएका तिरुवा परिवारको ग्यास सिलिन्डर पड्केर गत पुस २ गते ५ जना घाइते भएका थिए । घाइतेको उपचारार्थ नेपाल र भारतको विभिन्न ठाउँबाट आर्थिक संकलन अभियान संचालन गरिएको थियो ।

आर्थिक संकलन अभियान अन्तर्गत भारतका विभिन्न ठाउँहरुबाट संकलित भएको रकम उपचार गर्न खर्च गरिए पनि अखिल प्रवासी संघ मुम्बई बाट अरुण कुमार बाब्ली र रुप बि.क. र त्यसै गरि नेपालबाट प्रेम बहादुर बि.क. र पारस बि.क.को संयोजकत्वमा २ लाख ५ हजार संकलित रकम हस्तान्तरण गर्नु पुर्व घाइतेको निधन भएकाले उक्त रकम मध्ये ५ हजार घाइतेका परिवारलाइ हस्तान्तरण गरिएको र बाकी रहेको २ लाखको मृत्यु भएका अभिभावकका ४ जना छोराछोरी रिधी, वविता, राहुल र रोहित तिरुवाको सन्ताउन्न हजारका दरले केटाकेटी सुनौलो भबिस्य जीवन बिमा गरि आज फाइल हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बेलौरी बाट ५७ हजार रुपैयाँ बराबर बीमाङ्कको केटाकेटी सुनौलो भबिस्य जीवन बिमा पोलिसि उपहार दिइएको हो । केटाकेटिको उज्ज्वल भविष्यका तथा शिक्षाका लागि भन्दै ५७ हजार बराबर बिमाङ्क बीमा पोलिसि उपहार दिइएको हो ।

यदि त्यस्तो नगरी नगद नै परिवारलाई हस्तान्तरण गर्दा उक्त रकमको सहि सदुपयोग नहुने देखिएकाले बिमा गरि दिनु पर्छ भन्ने सोच आएको रकम संकलन संयोजक प्रेम बहादुर बि.क.ले जानकारी दिनु भयो ।

घरको आर्थिक अवस्था राम्रो नभएकाले हरेक बर्ष बिमाको किस्ता तिर्न नसक्ने र नगद प्राप्त भए घर व्यवहार त्यही रकम बाट गर्न सक्ने देखिएकाले संकलन गरिएको रकम को ४ वटा बच्चाहरु समान एकल किस्ता वाला बिमा गरिएको अर्का संयोजक पारस बि.क.ले जानकारी दिनु भयो ।

११ लाख ६२ हजार ५०० को मृत्यु दाबी रकम भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नौलो सुरक्षित जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले कालगतिका कारण मृत्यु भएका बेलडाँडि गाउँपालिका वडा नं. ५ झिलमिलाका शंकर राज चिमाडीकि धर्मपत्नी नन्दा देवि चिमाडी लाई बीमा गरे वापतको ११ लाख ६२ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

नियमित बचतका संगै खतरा पनि समेटिने भएकाले चिमाडीले २०७८/०६/२४ गते कम्पनीबाट नौलो सुरक्षित जीवन बीमा (अर्ध वार्षिक) १० लाखको बिमा गराएका थिए । दुई वर्ष छ महिना पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । नौलो सुरक्षित जीवन बीमा अन्तर्गत उनकी श्रीमतीले सो रकम बुझेकी हुन् ।

कम्पनीका बेलौरी उप–शाखाका प्रमुख यज्ञ प्रसाद श्रेष्ठले मृतक चिमाडीकी श्रीमती नन्दा देवि चिमाडी लाई ११ लाख ६२ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको, श्रीमानले बिमा गर्दा आज बिमा कम्पनीले यत्रो रकम दिदाँ बीमा कम्पनी र मृत्यु दावि रकम भुक्तानीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन् ।

साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पाएको केही रकमबाट पुन आफ्नो नामको सुनौलो भविस्य जीवन बीमा (एकल किस्ता) बिमा समेत गराएकी छिन । मृत्यु दाबी भुक्तानी कार्यक्रममा बेलौरी उप–शाखा प्रमुख यज्ञ प्रसाद श्रेष्ठ, एजेन्सी म्यानेजर सन्तोष सुनार, लक्ष्मि बिष्ट, राजेन्द्र भट्ट, नन्दा देवि चिमाडीका साथै चिमाडीका आफन्तको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित