कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल को फाइनलमा पुगेको छ।गएराति सनराइजर्स हैदरावादमाथि सहज जित निकाल्दै कोलकाताले फाइनलमा पुगेको हो।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताल २ विकेट मात्र गुमाएर १३४ ओभरमै पार गर्यो।
त्यस क्रममा वेंकटेश ऐयर र कप्तान श्रीयास ऐयर अर्धशतक बनाउँदै नट आउट रहे।वेंकटेशले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५१ रन बनाउँदा कप्तान श्रीयासले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन जोडे।त्यसअघि ओपनर रमनउल्लाह गुर्बाजले १४ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए।
अर्का ओपनर सुनिल नारायणले १६ बलमा ४ चौका प्रहार गरी २१ रन जोडे।
बलिङतर्फ हैदरावादका प्याट कमिन्स र नटराजनले १र१ विकेट लिए।पहिले ब्याटिङ गरेको हैदरावादले १९३ ओभरमा अल आउट हुँदै १५९ रनको योगफल तयार पारेको थियो।त्यस क्रममा राहुल त्रिपाठीले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५५ रन बनाए।
हेनरिच क्लासेनले म २१ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे।कप्तान प्याट कमिन्सले २४ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे।
ओपनर ट्राविस हेडसहित तीन ब्याटर शून्य रनमा आउट भएका थिए। अर्का ओपनर अभिषेक शर्मा ३ रन, नितिश कुमार रेड्डी ९ रन र अब्दुल शामद १६ रन बनाएर आउट भएका थिए।बलिङतर्फ कोलकाताका मिचेल स्टार्कले ३ तथा वरूण चक्रवर्थीले २ विकेट लिँदा वैभव अरोरा, हर्षित राना, सुनिल नारायण र आन्द्रे रशेलले १,१ विकेट लिए।
पराजित भएको हैदरावादले इलिमिनेटरको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बैंगलुरूबीच आज खेल हुनेछ।
Discussion about this post