बेलडाँडीमा एक युवा अचेत अवस्थामा फेला, अवस्था गम्भीर

बेलडाँडी । बेलडाँडीमा वेवारिसे अचेत अवस्थामा एक जना पुरुष फेला परेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका –२, चवन्नी खल्ला नहरको छेउमा सोमबार साझ करिव ८ बजे तिर अचेत वेवारिसे अवस्थामा एक युवालाई गाउँलेहरूले नालिमा पल्टेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

बेलडाँडी चवन्नी बजारमा बिगत २ बर्ष यता देखि वेवारिसे अवस्थामा घुम्ने भारतीय मुलुकका मोदी नामले चिनीने अन्दाजी ३०/३५ वर्षिय युवा अचेत अवस्थामा फेला परेका हुन् ।

बेलडाँडी इलाका प्रहरी कार्यालयको टोलिले उनलाई उद्वार गरि बेलडाँडी स्वास्थ्य केन्द्र पुर्याउदा उनको अवस्था गम्भीर रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बेलडाँडी स्वास्थ्य कार्यालयमा सामान्य चेकजाँच पछि डक्टर नहुदा महाकाली अस्पताल रेफर गर्ने तयारी भएको स्वास्थ्य कार्यालय बेलडाँडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित