बेलडाँडी । बेलडाँडीमा सोमबार वडा नम्बर २ को वडा भेला सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१/०८२ का लागि वडा स्तरिय योजना तर्जुमा गर्दै भेला सम्पन्न भएको हो ।
बेलडाँडी गाउँपालिका उप-प्रमुख शान्ति नाथको आथ्यितामा भेला सम्पन्न भएको वडा सदस्य रमेश चनाराले जानकारी दिए । भेलामा बोल्दै सहभागीहरूले नयाँ ढङ्गले वडाका योजना छनोट गर्नुपर्ने बताए ।
सदस्य चनाराले बस्तीबाट आएका योजना कार्यक्रम भेलामा सार्वजनिक गर्दै अति आवस्यक योजनालाई प्राथमिकतामा राख्दै योजना तथा कार्यक्रम सिफारिस गर्न आग्रह गर्नु भयो ।
सहभागिहरूले विकासका काम समेत नयाँ तरिकारले छनोट गर्नुपर्ने बताउदै योजना छनोट गर्दा सबैलाई समेट्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले बाटो घाटो, बत्ती सडकबत्ती, सिंचाई लगायत स्वास्थ्य शिक्षाका योजना तथा कार्यक्रम अघि सारेका थिए ।
वडा अध्यक्ष नारद सिंह उर्यालले बस्तीबाट माग भएका योजना तथा कार्यक्रमको वडाभेलाबाट अनुमोदन गरिएको बताए । कार्यक्रमका सभापति समेत रहेका अध्यक्ष उर्यालका अनुसार वडा बासीहरुको माग अनुसार नै योजना छनोट गरिने बताए ।
सहभागीहरुले आगामी दिनमा उक्त वडाको समग्र बिकासका लागि गर्नुपर्ने कामका बारेमा बिभिन्न सुझावहरु समेत दिएका थिए । कार्यक्रम संचालन वडा नं २ का कर्मचारी कृष्ण रोकायाले गरेका थिए भन स्वागत मनतब्य सचिव कमला बडाले राखेका थिए ।
भेलामा स्थानीय जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानीयबासी लगायतले आफ्नो भनाई राखेका थिए ।
Discussion about this post