टी–२० विश्वकपको खेल लाइभ गर्न सबै स्थानीय तहलाई सरकारको निर्देशन, बेलडाँडीले समेत लाइभ खेल देखाउदै

बेलडाँडी– अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न सरकारले सबै स्थानीय तहलाई निर्देशन दिईसकेको छ ।

युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत प्रमिला खरेलले सबै स्थानीय तहलाई पत्र पठाउँदै उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त गरी नेपाल खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन अनुरोध सहित पत्राचार गरेकी हुन् ।
सोही अनुसार बेलडाँडी गाउँपालिकाले समेत प्रोजेक्टरको माध्यम बाट बेलडाँडीको चवन्नी वजारमा लाइभ खेल देखाउने तयारी गरेको छ ।

पालिका अध्यक्ष हरिश्चन्द्र रानाले पालिकाबाट खेलप्रेमीहरूका लागि सक्दो सहयोग हुने बताउदै प्रोजेक्टर उपलब्ध गराएका छन् ।
नेपालको पहिलो खेल अहिले राति नेपाली समयअनुसार ९ः१५ बजे नेपाल–नेदरल्यान्डसबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित