एसएसपी विष्टद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन

कञ्चनपुर, जेठ २५ । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले जिल्ला प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन ।
सीमावर्ती जिल्ला एव सुप प्रदेश मुकाममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीको एसएसपीले स्थलगत अनुगमन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार एसएसपी विष्टले शुक्रबार जिप्रका कैलाली कार्यालयको स्थलगत अनुगमन गरेका छन । एसएसपी विष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम विष्ट, डिएसपी कविन्द्र बोहरा सहितका प्रहरी अधिकृत एव कर्मचारीले स्वागत गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान शाखामा कार्यरत एसएसपी विष्टले बिहीबार कञ्चनपुरको ईलाका प्रहरी कार्यालय बेलडाँडी, बेलौरी र त्रिभुवनबस्तीको स्थलगत अनुगमन गरे लगत्तै कैलालीको समेत गरेका छन ।

भारतबाट आउने लागु औषध, चोरी तस्करीदेखि चुनौतीपुर्ण क्षेत्र भएकाले एसएसपी विष्टले कार्यालयको आन्तरिक अनुगमन गरेको प्रहरी प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

अनुगमनका क्रममा एसएसपी विष्टले तीनै ईप्रका इन्चार्जदेखि प्रहरी कर्मचारीहरुलाई चोरी तस्करी, राजस्व चुहावट अपराध न्यूनिकरण र आउँदै गरेको मनसुनको आवश्यक तयारी एव हाईअलट बस्न निर्देशन दिएका छन ।

संगठन र सरकारले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो कार्य क्षेत्रमा हुने अपराध न्यूनिकरण गर्ने सुन्य सहनशिलताको नीति अनुुरुप काम गर्न समेत निर्देशन दिएका छन ।

जनतालाई मुस्कान सहितको सेवादेखि प्रहरीदेखेर जनता सुरक्षित भएको महसुुस हुनुपर्ने तस्कर, अपराधी समुह थरथर काप्नुपर्ने गरेर आफुलाई प्रस्तुत गर्न समेत निर्देशन दिएका छन ।
एसएसपी विष्टले आउँदै गरेको मनसुनलाई समेत मध्य नजर गर्दै नेपाल प्रहरीले आ–आफ्ना युनिटलाई हाईअलटमा राख्दै विपदको पुर्व तयारी, उद्दारका कार्यमा खटिन तयारी अघि बढाउन निर्देशन दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित