गृह मन्त्रालयद्धारा अनुमति नलिइ ड्रोन उडाउन रोक

काठमाडौं ,
गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन रोक लगाएको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ ले गरेको प्रावधानविरुद्ध यसरी ड्रोन उडाएमा कारबाही हुने समेत गृहले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित