बेलडाँडी । ६ महिना देखि ब्लड क्यान्सरबाट ग्रसित बनेका १४ बर्षिय किशोरको उपचारका क्रममा निधन भएको छ । बेलडाँडी गाउँपालिका–२ (गौंडी) निवासी १४ वर्षिय बालक सम्राट थापाको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो समय देखि उपचार गराउदा ठिक नभएपछि अस्पतालले स्वा.इच्छा गर्नुस् भनेपछि अस्पतालबाट बाहिर निकाल्दा आज शुक्रवार विहान करिब १० बजे तिर बालकको मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक किशोरलाई चितवन देखि बेलडाँडी घर ल्याइदै छ ।
७ महिना अघि सामान्य बिरामी भएका थापालाई महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । अस्पतालका चिकित्सकले उनलाई क्यान्सर भएको प्रमाणित पछि उनको उपचारका लागि आर्थिक संकलन अभियान गाउँले तथा आफन्तले शुरु गरेका थिए । त्यही संकलन भएको रकमले अहिले सम्म उपचार गराइराहेका थापा परिवारमा अर्को ठुलो बज्रपात परेको छ । केहि बर्ष पहिला ३८/४० बर्षकै उमेरका श्रीमान गुमाएकी लीला थापाले आज छोरा गुमाउनु पर्दा उनको परिवारमा चोटमाथी चोट थपिएको छ ।
श्रीमान गुमाउदाको पिडा नमेटिदै सहाराका नामको एकै छोरा सम्राटलाई समेत गुमाउनु पर्दा, दैवको लीला समेत अचम्मको रहेको छ । लीलाको सम्पतिको नाममा अव १ छोरी मात्र छिन् न उनी संघ नघर छ न घर बनाउने जमिन छ ।
Discussion about this post