बेलडाँडी । अत्यधिक गर्मी बढ्न थालेपछि कञ्चनपुर दक्षिणी क्षेत्रको विद्युत सेवा दिनप्रतिदिन झुर बन्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अनियमित बन्दै गएको गएको छ ।
मासिक उठ्ने बिल एवं जरिवानामा कुनै सम्झौता नगर्ने वितरण केन्द्रले विद्युत् सेवालाई प्रभावकारीरूपमा अगाडि बढाउन नसक्दा उपभोक्ताहरू मर्कामा परेका छन् । अहिलेको अत्यधिक गर्मीमा छिनछिनमा विद्युत् सेवा अवरोध भइरहने, हावा चल्दा वा हावा नचली विद्युत् ट्रिपिङ हुने, अघोषित आधा–एक घण्टाको लोडसेडिङजस्ता समस्याले गर्दा वितरण केन्द्रको चौतर्फी आलोचना हुन थालेको छ् ।
वितरण केन्द्रको फोनमा ‘किन लाइन कटेको’, ‘कति बेला लाइन आउँछ’लगायतका आशा बोकेर उपभोक्ताले फोन गर्दासमेत ल्याण्डलाइन फोन नलाग्ने, लागे पनि नउठ्नुका साथै आफ्नो फेसबुक साइडमा लाइट के कारणले गएको हो पुरा नखोल्नु, एकछिनमा लाइन आउन भन्ने तर ३,४ घण्टा पनि लाइन आउने जस्ता कार्यले गर्दा बेलौरी वितरण केन्द्रले जिम्मेवार कार्यालयको रूपमा काम गर्न नसकेको उपभोक्ताहरूको गुनासो छ ।
वितरण केन्द्रलाई नियमन गर्ने निकायले गर्मीमा देखिने यस्ता समस्याहरूलाई समाधान गर्नका लागि पुर्व तयारी गरी प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने उपभोक्ताहरूले माग गरेका छन् ।
यस विषयमा वितरण केन्द्र प्रमुख टंकराज गिरीले लालपुर देखि आउने ३३ केभीको तार पुराना संरचाना अनुसार बनेकाले अहिलेको माग अनुसार धान्न नसक्दा ठुलो समस्या देखिएको बताए । उनले विद्युत् आपूर्ति नियमित गर्न आफू प्रयासरत रहेको बताउदै यस क्षेत्रको भौतिक संरचना कम मेगावाट मात्र धान्ने रहेकोले माग अनुसार आपूर्ति हुन नसकेको जनाउनु भयो । गर्मी बढेसँगै भारतबाट आयात हुने बिजुली समेत घटेको र यसको असर सबै ठाउँ परेको जनाए ।
Discussion about this post