भीमदत्तलाई वाणिज्य संघको अनुरोध व्यवसायीमाथि अन्याय नगरिदिनुहोस

कञ्चनपुर, असार ५ । कञ्चनपुर उद्योग वाणिज्य संघले भीमदत्त स्थानीय सरकारसंग अतिक्रमण हटाउने नाममा व्यवसायीमाथि अन्याय नगरिदिन अनुरोध गरेको छ ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगरका सानादेखि ठुला व्यवसायीमाथि धरकपट अन्याय गरिरहेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीले जनप्रतिनिधीसंग भेटेरै अनुरोध गरेका छन ।

बुधबार वाणिज्य संघका पदाधिकारीले भीमदत्त नगरले नाटकीय शैलीमा व्यवसायीको पिरमर्का लत्याउँदै कहिले चाबी बुझ्ने कहिले भत्काउने काम गर्न नहुने तर्क राखेका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भीमदत्त नगरपालिकाबाट व्यवसायीमाथि अति नै अन्याय हुन थालेपछि उपप्रमुख निलम लेखक सहितका जनप्रतिनिधी भेटेरै अन्याय नगर्न आग्रह गरेको बताए ।

स्थानीय सरकारले उद्योगी व्यवसायीको प्रर्बद्धनको साटो उठिबासी गर्ने, होच्याउने, जिस्क्याउने काम गर्ने गतिबिधीले व्यवसायी मारमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित