कञ्चनपुर । सवारी दुर्घटनामा परेर नापी कार्यालय कञ्चनपुरका कर्मचारीको मृत्यु भएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ८ सुडा क्षेत्रमा टेक्टरको ठक्करबाट मोटरसाईकल चालक नापी कार्यालय महेन्द्रनगरका कर्मचारी सञ्जीव चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार राती से१त ३३६८नम्बरको मोटरसाईकलमा सुपप्र ०२००३प ६९७०नम्बरको टेक्टरले ठक्कर दिदा मोटरसाईकल चालक चौधरीको महाकाली अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
चौधरीलाई अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । सोही मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ८ बस्ने २७ बर्षिया मनोज चौधरीको नवजिवन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न टेक्टर र चालक राम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post