चिप्लिएर घाइते भएका बेलडाँडी २ का वडाअध्यक्ष सकिनसकी पुगे बजेट बनाउन सनिवार पालिका

बेलडाँडी । स्थानीय सरकारलाई अहिले आगामी आर्थिक वर्षको बजेटको चटारो छ । केहीले आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन भने केही तयारीमा छन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असारमसान्तसम्ममा बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था नै छ ।

स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने प्रावधानलाई बेलडाँडी गाउँपालिकाले समेत आत्मसाथ गर्दै आज सनिवारका दिन बजेट बनाउन जनप्रतिनिधी तथा कर्मचारी पालिका पुगेका छन् ।

बेलडाँडी गाउँपालिका भरीकै सबै भन्दा पाका जनप्रतिनिधी वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल केहिदिन देखि बेडमै थिए । केहिदिन पहिला घर्यासी कामले डडेल्धुरा गएका उनी खोला तर्नेबेला खुट्टो चिप्लिदा घाइते भएका थिए । केहिदिन अस्पताल बसेका अध्यक्ष बेड रेष्टमै थिए । यता स्थानीय सरकार बजेट बनाउने चटारोमा रहेका बेला जनपक्षीय बजेट बनाउन सकिनसकी बैसाखीको सहारा लिई एका विहानै कार्यालय पुग्छन् ।

जनताको इच्छा र चाहना अनुसार काम गर्न सबैभन्दा पहिले निर्वाचनमा जादा जनता संग जुन प्रतिबद्धता गरेका थिए, ती प्रतिबद्धता अनुसार १, २, ३, ४ गरी योजना प्राथमिकता अनुसार पार्न र सामान्यतया मानिसको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो खानेपानी, सिचाई लगायतका आवश्यकताहरु हुन जुन बढी महत्वपूर्ण छ त्यसमा ध्यान दिन आफु कार्यालय पुगेको बताए । जनताको बीचमा वडाभेला गरेर सबैभन्दा प्रमुख आवश्यकता के हो शिक्षा, स्वास्थ्य वा खानेपानी हो कि के हो सोही अनुसार यसरी प्राथमिकताको आधारमा वडा भेला गरेर जनताको बीचबाट कार्ययोजना लाईसकेको र सोही अनुसार कार्यान्वयनका लागि आफ्नो सहभागिता जनाएको अध्यक्ष उर्यालले जनाए । बेलडाँडी गाउँपालिकाले १० गते गाउँसभा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित