बेलौरी नगरपालिकाको १३औं औं नगर सभा सम्पन्न, ७८ करोड, २ लाख, ७० हजार बराबरको बजेट प्रस्तुत

दिनेश चौधरी/बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । शनिबार शुरु भएको १३औँ नगर सभाले आर्थिक बर्ष ०८१/८२ का लागि निति तथा कार्यक्रम ल्याएको हो । आगामी आर्थिक बर्षका लागि बेलौरी नगर पालिकाले रु. ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ ।

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले आगामी आ.व मा चालूतर्फ ५२ करोड ३२ लाख ९० हजार, र पूँजीगत तर्फ २५ करोड ६९ लाख ८० हजार बराबरको बजेट विनियोजन गरिएको जनाए । आगामी आर्थिक बर्षका लागि बेलौरी नगरपालिकाले दमकल खरिद योजना पारित गरेको छ । बेलौरी लालझाडी र बेलडाँडीको सहकार्यमा नगरले दमकल खरिद योजना पारित गरेको हो । पछिल्लो समय आगलागीका घटना निम्तिन थालेपछि नगरपालिकाले आगो निभाउनका लागि आगामी आर्थिक बर्षमा दमकल खरिद गर्ने योजना ल्याएको जनाइएको छ ।

‘बेलौरीमा पनि जनसंख्या विस्तारदेखि भौतिक संरचना र आगलागीका घटना बढिरहेका छन् , ‘मेयर चौधरीले भने, ‘हामीसंग दमकल नहुँदा आगो निभाउन समस्या भयो, त्यही भएर आगलागीबाट ठुलो जनधनको क्षति न्यूनिकरण गर्न दमकल योजना ल्याएका हौँ ।’उनले भने, यी लगायतका अन्य थुप्रै योजनाहरु छन् । मेयर चौधरीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि सडक यातायात सहितका कार्यक्रम प्राथमिकतामा राखेर अधुरा योजना पूरा गर्ने कार्यक्रम ल्याईएको बताए ।

यस्तै १० वटा वडा रहेको पालिकामा कूल २ करोड बजेट विनियोजन गरिएको छ । बजेट वक्तव्य प्रस्तुत गर्दै बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले दशवटै वडामा कूल दुई करोड विनियोजन गरिएको बताए ।

जस अन्तरगत बेलौरी नगरपालिका वडा नम्बर १ मा १२ लाख १५ हजार, वडा नम्बर २ मा २३ लाख ३३ हजार, ३ मा १६ लाख ६ हजार, ४ मा १९ लाख ७५ हजार, ५ मा १९ लाख ७३ हजार, ६ मा २० लाख ५२ हजार, ७ मा १९ लाख १७ हजार, ८ मा २४ लाख ७६ हजार, ९ मा २३ लाख १५ हजार र वडा नम्बर १० मा २१ लाख ३८ हजार बजेट विनियोजन भएको छ ।

उपप्रमुख चौधरीले भने, कृषि उत्पादन वृद्धि गरि यसक्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन विभिन्न यान्त्रिक उपकरण बीउबिजन पकेट क्षेत्र निर्धारण, चिस्यान केन्द्र निर्माण सीपमूलक तालिम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।बेलौरी नगरपालिकाको १३औं नगरसभा ः दमकल ल्याउने योजना पारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित