बेलडाँडी गाउँपालिकाले ल्यायो ५३ करोड १६ लाखको बजेट, पालिकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै ५ जना पालिका प्रहरी राख्ने

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । गाउँसभामा अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्तिनाथले बजेट पेश गरेकी छन् । गाउँसभामा ५३ करोड १६ लाख, ७२ हजारको बजेट पेश गरिएको छ ।

गाउँपालिकाको १५औं गाउँ सभाले सो आवको बजेटमा चालुतर्फ रु ३६ करोड १ लाख ९२ हजार र पूँजीगततर्फ रु १७ करोड १४ लाख ८० हजार गरेर ५३ करोड १६ लाख ७२ हजार बजेट वक्तब्य भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले जानकारी गराउनु भयो ।

राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाट वडागत वडा नं. १ मा ४९ लाख ४६ हजार, वडा नं. २ मा ५२ लाख ११ हजार, वडा नं. ३ मा ३८ लाख ९८ हजार, वडा नं. ४ मा २२ लाख, वडा नं. ५ मा ४७ लाख ९२ हजार विनियोजन गरिएको छ । शाखागत कार्यक्रम अन्तर्गत महिला विकास शाखातर्फ ६ लाख ५० हजार, भूमि व्यवस्थापनतर्फ ४५ लाख, पशुपन्छी विकास शाखातर्फ १७ लाख, स्वास्थ्य शाखातर्फ १ करोड ५५ लाख, शिक्षा तथा खेलकुद शाखातर्फ १ करोड ७३ लाख, वन तथा वातावरण शाखातर्फ ८ लाख, सहकारी शाखातर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजकार कार्यक्रममा १ लाख र समावेशी कार्यक्रममा २ लाख विनियोजन गरिएको छ ।

गाउँसभाको नीति तथा कार्यक्रममा पालिका प्रहरी, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र खेलमैदानलाई प्रमुख प्राथामिकता दिइएको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार आउदो नयाँ आर्थिक बर्षमा पालिका भरीको सुरक्षा व्यवस्थालाई कडा राख्न ५ जना पालिका प्रहरी राख्ने र तिनको लागि बजेट विनियोजन गरिसेको, ४ वटा वडा कार्यालयका भवन सम्पन्न गरि नयाँ भवनबाट नागरिकलाई सेवा दिने गरि कार्य अघि बढाएको बताउनु भयो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य कृषि र शिक्षालाई मुख्य प्राथामिक्तामा राखेको छ ।

निति तथा कार्यक्रम २०८१-८२ पूर हेर्न रातोमा क्लिक गर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित