बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

प्रमुख सत्तारुण् दल नेकपा एमालेले बजेटका पक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई ह्विप जारी गरेको छ। सबै सांसद उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्वीप लगाएको हो ।

प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ । त्यो बैठकमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।

‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ निर्देशनमा बर्तौलाले भनेका छन् ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ। आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित