राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडीद्धारा घिनलाग्दो चेक प्रकरण छानविन भई दोपाीमाथी कार्वाहीको माग

बेलडाँडी । राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडीद्धारा घिनलाग्दो चेक प्रकरणको यथाशिघ्र छानविन गरी दोषीमाथी हदै सम्मको कार्वाहीको माग गरेको छ । राप्रपाले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै किसान बाट बेलडाँडी उपाध्यक्षले मागेको १२ लाखको चेक र ४ लाख नगदको विषय संचारमाध्यमा आउदा थाहाँ पाएको जनाउदै यस विषयमा सत्यतथ्य छानविन भई कार्वाहीको माग अघि सारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडी सभापति प्रेम सिंह साउदद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ ः प्रस्तुत बिषय वारे सम्बन्धमा बेलडाँडी गाउपालिका वडा नं. ३ को जमुना गाई भैसी कृषक समूहलाई सु. प. प्रदेश सरकारको कृषि मन्त्रालयको भैसी पालनका लागी दिईएको अनुदान रकम रु ४०,००,००० अक्षरेपी चालिस लाखमा वेलडाँडी गाउँपालिकाका उपाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधी बाट कमीसन र भ्रष्टाचार गरी रकम रु ४०,००,००० बाट चार लाख आफुलाई र रु १२,००,००० हाकिम सावको लागी माग गरेको भन्ने कुरा संचार माध्यममा आएकोले हाम्रो पार्टिको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो को लागी पार्टी घोर भर्तसना गर्दछ । किसान हरुको उत्थानका लागी राष्ट्र द्वारा दिइने अनुदान को सही सदुपयोग भयो भएन भनी अनुगमन गर्नु पर्ने जनप्रतिनिधी बाट नै यस्तो घिन लाग्दो हरकत भएको कुरा संचार माध्यममा आउन गम्भीर विषय हो । यस्को यथाशीघ्र छानविन गरी दोषी माथी कडा कारवाही गर्न सरोकार वाला निकाय संग राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडी जोरदार माग गर्दछ, जय राष्ट्रवाद ।

उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि जनजाती समुदायका सोझासाझा किसान आफुहरुलाई उपाध्यक्ष शान्ति नाथको जालमा पारेको बताउदै आएका थिए ।

अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त आफ्नो बुहारी नाता पर्नेको नाममा रानाको व्याक्तिगत १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित